यस वर्ष भारतीय फूल आयतमा कमी आउने अनुमान

  • कार्तिक २२, २०७७
  • २२०० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : हिन्दुहरुको दोस्रो महान चार्ड तिहारको समयमा विगतका वर्षहरुमा छिमेकी मुलुक भारतका ठुलो परिमाणमा मखमली र सयपत्री आयत हुदै आएकोमा यस वर्ष भारतीय फूल आयतमा कमी आउने अनुमान गरिएको छ । नेपाली किसानका खेतवारी ,करेशावारीमा समेत यस वर्ष सयपत्री र मखमली फूल फुलेका कारण पुर्वी नेपालमा यस वर्ष तिहारका लागि भारतीय फुल आयतमा कमी हुने अनुमान गरिएको हो ।

अनुकुल मौषस र समय भएका कारण यस वर्ष पुर्वी नेपालमा प्रयाप्त मात्रमा सयपत्री र मखमली फूल फुलेका छन । विशेष गरी सयपत्री र मखमली कार्तिक महिनामा फुल्ने भएका र यस वर्ष तिहार कार्तिक अन्तिम र भाईटिका मंसिर १ गते परेका कारण समेत पुर्वी नेपालमा यस वर्ष नेपाली फुल नै प्रयाप्त हुने अनुमान गरिएको छ । पुर्वका पहाडि तथा तराईका विभिन्न ठाउँहरुमा अहिले ढकमक सयपत्री फुल फुलेको देखिन्छ ।

व्यवसायिक रुपमा फूल खेती गर्ने किसानका बारी देखि रैथाने जातका आफना लागि मात्र फूल लगाउनेहरु कहाँ समेत यस वर्ष सयपत्री र मखमली फूल राम्ररी फुलेको देखिन्छ । स्थानीय स्तरमा मात्र भएपनि भारतीय फूलमा निर्भर बन्ने पर्ने अवस्थाको अन्त गर्ने लक्ष्य सहित यस वर्ष इटहरी ३का केही महिलाहरुले समुह बनाएर सयपत्री र मखमली फूल खेती गरेका छन । ९ कठ्ठा क्षेत्रफलमा लगाएको फूल राम्रै फुलेका कारण स्थानीय स्तरमा मात्र भएपनि आत्म निर्भर हुने फूल खेती गर्ने सृजनशिल कृषि महिला उद्यमी समुहकी अध्यक्ष पवित्रा कोइराला,निरौला बताउछिन।

भारतीयबाट आउने फुलको कारण विदेशीने नेपाली मुद्रा विदेशीन नदिन महिलाहरुको गरेको प्रयास प्रशंषा योग्य भएको भन्दै अन्य वर्षहरुमा अझ धेरै खेती गर्न स्थानीय तुलाराम दंगाल सुझाव दिन्छन ।तिहार कार्तिक अन्त र मंसिरमा परेको कारण यस वर्ष स्थानीय जातका फूल समेत फुल्ने भएकोले आफुहरुले धेरै सयपत्री र मखमली नलाएको पुष्प व्यवसायी केदार अधिकारी वताउछन । तिहारको समयमा सयपत्री र मखमली विक्री गर्नेहरुले राम्रो आम्दानी समेत गर्दै आएको समेत अधिकारीले वताए ।

नेपालमा फूलहरु प्रयाप्त मात्रमा फुलेका भएपनि कम मुल्यमा भारतीय क्षेत्रबाट भित्र्ने सयपत्री र मखमली फुल र मालासंग प्रतिस्पर्धा गर्नु पर्ने अवस्था रहने पुष्प व्यवसायीहरु अनुमान गर्दछन । फुल धेरै फुलेका कारण यस वर्ष फुल तथा माला विगतको तुलनामा सस्तो हुने अनुमान समेत गरिएको छ ।

तिहारको समयमा घर सजाउने देखि पुजाआजाका साथै दिदी बहिनीले दाजुभाई तथा दाजुभाइले दिदी वहिनीलाई मखमली र सयपत्रीका माला लगाइ दिने गरेकाले पनि तिहारको समयमा सयपत्री तथा मखमली फूलको माग अधिक हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved