बलात्कृत महिलाको खुलासा : कृष्णदाससँग महिलालाई वसमा राख्ने शक्ति छ

  • पुस २, २०७६
  • ६८८७ पटक पढिएको
  • न्यू पाटी
alt

सिद्धबाबा भनिने कृष्ण दासले आफुलाई हिप्नोटाइज गरेर बलात्कर गरेको पिडित महिलाको आरोप छ । आफुलाई भगवान कृष्णको अवतर बताउदै आश्रमा आएका सबै महिलाहरुलाई एकोहोरो बनाउदै आफनो बसमा गरेको पिडित महिलाको भनाई छ ।

गिरीको हातमा रिमोट भएको र आफु टिभि च्यानल जस्तो भएर चलेको पनि उनले रुदै बताईन । सबैलाई एकोहोरा बनाएका कारण कृष्णदासलाइ भगवान कृष्णको अवतार मान्ने गरेको पनि उनले बताईन ।

हिप्नोटाइजलाई नेपालीमा सम्मोहन समेत भनिन्छ । यसमा प्रेतवाद तथा तन्त्र विद्यासँगसँगै प्रयोग गर्ने गरिन्छ । यो बिधि प्राय धार्मिक बाबाहरुले प्रयोग गर्ने गरेका छन् । महिलाका अनुसार गिरीलाई जोगाउन प्रहरी प्रशासन र अदालतनै लागेको दाबी गदै गिरी र आफ्नो पनि नार्काे परिक्षण गर्न माग गरिन् ।

‘मलाई राम्ररी थाहा छ, यो मुद्धामा प्रहरी र अदालत दुवैले गिरीलाई जोगाउन लागेको छ । यदि त्यस्तो भए अदालत भित्रै बिष पिउने छु’ उनले भनिन् ।

नार्को टेष्ट आरोपी तथा अपराधीबाट सत्य कुरा ओकल्न प्रयोग गरिने प्रयोगात्मक बिधि हो । जसमा फरेन्सिक एक्सपर्ट, अनुसन्धान अधिकारी, चिकित्सक र मनोवैज्ञानिक बिच यो परिक्षण गरिने गरिन्छ ।

परिक्षणमा आरोपीलाई एउटा दबाइ दिने गरिन्छ । जसले उसको सचेत दिमाग सुस्त बनाउछ । र झुट बोल्नको लागि दिने जवाफ भन्दा वास्तबिक उनको दिमागले दिएको जवाफ टेष्टले बाहिर निकाल्छ ।

साथै पिडित भनिएकी महिलाका अनुसार आफुमाथि भएको अन्याय समग्र महिलामाथिको अत्याचार भएको भन्दै महिला संधसंस्थाहरुमा समेत धाउने बताईन ।

उनले केही महिला संघसंस्थामा निवेदन समेत दिएको बताईन् ।

यसरी भयो घटना

उनिसँग गरिएको टेलिफोन कुराकानीमा घटना भएको क्षणको स्मरण उनले यसरी गरिन् ।

‘मलाई शुरुमा गोडा माड भन्नु भयो, असजिलो महसुस भएपछि मैले त्यो गरिन् । फेन चलाउनु भन्नु भयो । मैले फेन अन गरे । त्यसपछि मेरो शिरमा गिरीले हात राख्नु भयो । शरिरनै हावामा उडे जस्तो भान भयो । त्यतिकैमा त्यो छुटै प्रकारको गन्ध कोठमा फैलियो ।’

‘त्यसपछि म अचेत भए । गिरीले मेरो छातिमा हात छिराएको सम्म याद छ । बाँकी पछि होस आउदा आफु अर्काे कोठामा लडेको पाए । टाँउको भारी भएको महसुस भयो । त्यसपछि मात्र आफु माथि जवरजस्ती करणी भएको थाहा पाए ।’ ‘लगतै ढौडिएर गिरीको आश्रममा पुगे । आफुलाई किन यस्तो अपराध गरेको भन्दा गिरीले ‘साधनाको भाव हो, भगवानको इच्छा पुरा भयो तिमी अब सौभाग्य भयौ’ भन्ने जवाफ फर्काेए ।’

आफुले त्यस बेला रुदै ‘किन यस्तो गर्नुभयो’ भनेर प्रश्न गर्दा अन्य अनुयायीले मलाई जवरजस्ती आश्रमबाट निकालेर महिला साधकहरु बस्ने ठाँउमा लगेको उनि बताउछिन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved