धनकुटामा प्रदेश स्तरीय सहिद रामकृष्ण श्रेष्ठ गोल्ड कप महिला फुटबल प्रतियोगिता सुरु

  • माघ ३, २०७६
  • ६९३८ पटक पढिएको
  • न्यू पाटी
alt

धनकुटा । सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको आज धनकुटामा प्रतिनिधि सभाका सांसद राजेन्द्र कुमार राईले समुद्घाटन गर्दै नेपालमा फुटबल खेलको ठूलो संभवाना रहेको वताउदै अव खेलेर पनि जिवन निवार्ह गर्दै खेलकुल क्षेत्रको माध्यमबाट राष्टको पहिचान स्थापित गर्न सकिने वताउनु भयो ।

उद्घाटन कार्यक्रममा प्रदेश सभाका सांसद लिला सुब्बा,जिल्ला समन्वय समितिका प्रमुख टंक वहादुर चुवान,धनकुटा नगपालिकाका प्रमुख चिन्तन तामांग,प्रतिष्ठानका सल्लाहकार तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले सहिद राम कृष्णा श्रेष्ठको बलिदानले मुलुकमा लोकतन्त्रको स्थापना भएको उल्लेख गर्दै नेपाललाई खेलकुदकै माध्यमबाट विश्व सामु चिनाउने सक्ने संभावना रहेकोले खेलकुदको विकासका लागी राज्यले विशेष ध्यान दिनु पर्ने वताउनु भयो ।

82237809_1022436101456252_9167082109574053888_n

सहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष ईश्वर वहादुर श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष सत्य नारायण श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको संचालन समाजसेवी अधिकारकर्मी सुमना तिम्सिनाले गर्नु भएको थियो । सहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाको तर्फबाट सोही समारोहमा सहिद भीम नारायण श्रेष्ठका धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठ,सहिद पुत्र मनोज नारायण श्रेष्ठ,सहिद डगल सिं लिम्बुका सुपुत्र कृष्ण गोविन्द्र चेम्जोग लिम्बुलाई संघिय सांसद राजेन्द्र राई र प्रतिष्ठानका अध्यक्ष इश्वर वहादुर श्रेष्ठ उपाध्यक्ष सत्य नारायण श्रेष्ठ,सचिव कृष्ण भागत श्रेष्ठ,सल्लाहकार विजय सन्तोषी राई लगायतले फुलमाला दोसल्ला ओढाई सम्मापन पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो ।

प्रदेश स्तरीय सहिद रामकृष्ण श्रेष्ठ गोल्ड कप महिला फुटबल प्रतियिोगिताको आज धरान महिला फुटबल टिम सुनसरी र मोरंग बिच भएको खेलमा मोरंगले धरान सुनसरीलाई २ को विरुद्ध ४ गोल गर्दै पराजित गरी सेमीफाईनलमा मोरंग प्रवेश गरेको छ । उक्त खेलमा ओमन अफ दी म्याच घोषित भएकी मोरंग ११ की पवित्रा मगरलाई ओमन अफ दी म्यााचको प्रायोजक प्यापसन धनकुटाका निर्वतमान अध्यक्ष ज्ञान वहादुर गुरुङ्गले नगद पुरस्कार प्रमाण पत्र र मेडल प्रदान गर्नु भएको थियो ।

भोलीको पहिलो खेल धनकुटा फुटबल संघ र इलाम ११ विच र दोस्रो खेल कन्काई नगरपालिका महिला टिम झापा र पाचथर जिल्ला फुटबल संघ विच हुने १ नम्वर प्रदेशका प्रमुख प्रशिक्षक तथा यस प्रतियोगिताका टिम व्यवस्थापन समितिका संयोजक सुमन श्रेष्ठले वताउनु भयो । आज देखी शुरु भएको धनकुटामा प्रदेश स्तरीय सहिद रामकृष्ण श्रेष्ठ गोल्ड कप महिला फुटबल प्रतियिोगितामा धरान महिला फुटबल टिम सुनसरी,मोरंग ,कन्काई नगरपालिका महिला टिम झापा,पाचथर जिल्ला फुटवल संघ,धनकुटा फुटबल संघ,इलाम फुटबल संघ बसाह फुटबल टिम उदयपुर र कर्ण सिंह सोनाम फुटबल क्लव ताप्लेजुं गरी जम्मा ८ जिल्लाका उत्कृष्ठ टिमहरुले भाग लिईरहेको धनकुटा फुटबल संघका अध्यक्षा गोविन्द राईले वताउनु भयो ।

धनकुटामा भैरहेको प्रदेश स्तरीय सहिद रामकृष्ण श्रेष्ठ गोल्ड कप महिला फुटबल प्रतियिोगितामा प्रथम हुनेलाई नगर १ लाख रुपैया सहित गोल्ड कप,मेडल, दोस्रो हुनेलाई नगद ५० हजार रुपैया र गोल्ड कप,मेडल सहित पुरस्कार दिईने र प्रत्येक खेलमा ओमन अफ दी म्याच लगायत विषयगत पुरस्कारमा नगर पुरस्कार मेडल तथा प्रमाण पत्र दिईने प्रदेश स्तरीय सहिद रामकृष्ण श्रेष्ठ गोल्ड कप महिला फुटबल प्रतियिोगिता आयोजक समितिका सदस्य सावित्रिदेवी श्रेष्ठले वताउनु भयो ।

विराटनगरमा तत्कालिन राजा विरेन्द्र र उनका परिवार २०३० साल चैत्र ३ गते सवारी हुदा आन्दोलन गर्ने क्रममा बम प्रहार गर्दा साहदत प्राप्त गर्नु भएका प्रजातानित्रक योद्धा रामकृष्ण श्रेष्ठलाई २०७४ साल माघ ३ गते तत्कालिन शेर वहादुर उदेवाको नेतृत्वमा रहेको सरकारले राष्टिय सहिद घोषणा गरेको दिन पारेर सहिद राम कृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानले सहिद रामकृष्ण श्रेष्ठ १ प्रदेश स्तरीय गोल्ड कप महिला फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved