एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल

  • फाल्गुन ९, २०८०
  • १६२ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिएका चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो । एमालेले छलफलका लागि नौवटा समूह बनाएको छ । समग्र केन्द्रीय कमिटीलाई नौवटा समूहमा विभाजन गरिएको हो । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरूको एउटा समूह बनाइएको छ ।

बुधबार बिहान ११ बजेबाट समूहगत छलफल शुरु गर्ने जनाइएको छ । छलफलबाट आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेपछि पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ । मंगलबारदेखि शुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा समीक्षा र विश्लेषण गर्नुभएको थियो । एमाले केन्द्रीय कमिटी बैठक बिहीबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved