गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता

  • माघ ५, २०७६
  • १५६ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दाको जाहेरी दर्ता गरेको छ । गत बुधबार झापाको भद्रपुर हुँदै दार्जिलिङ जाने क्रममा त्रिभुवन विमानस्थलमा भएकाे विवादका बारेमा सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएपछि उनीविरुद्ध अभद्र व्यवहार मुद्दाको जाहेरी दर्ता भएको हो ।

महिला प्रहरीमाथि दुर्व्यवहार गरेकीले उनीमाथि जाहेरी दर्ता गरिएको  प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरकाअनुसार अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनलाई प्रकाउ गरी कारवाही अगाडि बढाइने छ ।

महिला प्रहरी रमिता श्रेष्ठले गायिका राउतले सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै विमानस्थल प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी हुँदै महानगरीय प्रहरी परिसरमा दर्ता भएको हो ।

परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved