‘प्रेम गर्दासम्म ठीक छ, घरमा ल्याएपछि कुरै मिल्दैन’ ४ वटी श्रीमती बनाउनु जिवनकै ठुलाे गलती –निर्देशक छवि ओझा

  • पुस २०, २०७६
  • २६१ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं। निर्माताका छविराज ओझाले प्रेम विवाहबाट आफुले धोका मात्र पाएको बताएका छन्। चलचित्र निर्माणका क्रममा चार वटा प्रेम सम्बन्धपछि विवाह गरेका उनले प्रेम गर्नु नै आफ्नो जीवनको एक मात्र भूल भएको प्रशंग उल्लेख गरेका हुन्।

‘फिल्म बनाएजस्तो प्रेम धेरै गरेँ। ४ वटा श्रीमती भयो। त्यो नै जीवनको भूल थियो,’ रातोपाटीको मेरो जीवन स्तम्भमा आफ्नो प्रेम सम्बन्धको बारेमा चर्चा गर्दै निर्माता छविराज ओझाले भने। चलचित्र क्षेत्रमा बाघ निर्माताका रूपमा चिनिने उनी कहिले फिल्म त, कहिले पत्नीका कारण चर्चामा रहन्छन्।

पछिल्लो समय पत्नी अभिनेत्री शिल्पा पोखरेलसँगको पारिवारिक किचलोका कारण चर्चामा थिए। अहिले उनी र पत्नी पोखरेलबीचको उक्त किचलो मिलेको त छैन तर विवाद भने केही साम्य भएको छ। चार जनासँग प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिएका उनी अहिले एक्लै रहनु पर्दा प्रेमबाट विश्वास उडेको सुनाउँछन्।

फिल्मजस्तै उतार चढावले भरिएका आफ्नो जीवनका पाटाहरु बारे चर्चा गर्दै उनले भनेका छन्, ‘प्रेम धेरै गरियो। पहिलो पत्नीदेखि अन्तिम पत्नीसँग मैले प्रेम विवाह नै गरे। तर अहिले म नितान्त एक्लै छु। मेरो जीवनमा प्रेम विवाहमा धेरै धोका भयो। अब त्यसतिर सोच्दिनँ। प्रेम गर्दासम्म ठीक छ, घरमा ल्याएपछि कुरै मिल्दैन। खै के हो, के हो ?’

२०३८ तिर बनारस पढ्न गएको बेला उनको भेट पहिलो पत्नी हेमासँग त्यहीँ भेट भयो। हेमासँग उनले पहिलो प्रेम विवाह गरेँ। उनकी दोस्रो पत्नी गिताञ्जली थिइन्। २०५० सालमा उनीसँग पनि प्रेम विवाह गरे। गिताञ्जलीलाई लिएर नाता भन्ने फिल्म बनाएका थिए। उनी त्यसको हिरोइन थिइन्। काम गर्ने सिलसिलामा प्रेम बस्यो अनी विवाह भयो।

‘गिताञ्जलीको मृत्युको दुई वर्ष पछाडि ०५७ को अत्यतिर रेखा थापासँग भेट भयो। हिरो भन्ने फिल्ममा काम गर्ने सिलसिलामा उनीसँग भेट भएको थियो। धेरै कामसँगै गर्दै गएपछि मायाप्रेम बस्यो। केही वर्ष हामीसँगै बितायौ। विवाह त भएको थिएन। तर पनि असमझदारी बढेपछि छोडपत्र डिबोर्स गरिदिएँ,’ उनले आफ्नो प्रेम सम्बन्धबारे भने।

‘पछिल्लो समय शिल्पा पोखरेलसँग प्रेम थियो। अहिले त्यो पनि टुटेको छ। शिल्पासँग ०६९ तिर भेट भएको हो। त्यो समय म लोफर भन्ने फिल्म बनाउँदै थिए। सोही समय भेट भयो। पछि फिल्म बनाउने भएभने भेटौँला भनेर पठाए,’ उनले भने, ‘लज्जा बनाउने बेलासँगै काम गर्यौँ। सँगै तीन फिल्म गरियो। काम गर्ने दौरानमा प्रेम भयो र केही वर्षको प्रेमपछि विवाह गरियो। त्यो प्रेमको उतार चढाव केही पहिले मिडियामा आएकै विषय हो।’

‘म धेरै रोमान्टिक त छैन। दर्शक तथा मेरो फ्यान, सहकर्मीले छविले ४ पत्नी विवाह गर्यो भनेर भन्नु हुन्छ। सबैले बुझ्ने कुरा के छ भने छवि ओझाले एकै पटक ४ वटा केटीसँग लभ गरेको हैन। एकपछि अर्को गर्दै ४ पत्नी भएकी हुन्। एकसँग छुटेपछि मात्र अर्की भित्र्याएको हो,’ निर्माता ओझाले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved