तयार भयाे चक्रपथमा चल्ने मोनोरेलको डीपीआर

  • पुस २०, २०७६
  • १३८ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालन हुने मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मोनोरेलको डीपीआर तयार भएको जानकारी दिए। चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) र महानगरबीच गत पुसमा डीपीआर निर्माणसम्बन्धी सम्झौता भएको थियो। सीआरसीसी र महानगरबीच एक वर्षभित्र डीपीआर तयार गर्ने सहमति भएको थियो।

‘चिनियाँ कम्पनीले मोनोरेलको डीपीआर बुझाएको छ। डीपीआरको अध्ययन गर्न बाँकी छ’, शाक्य बताउँछन्, ‘आइतबारसम्म अध्ययन गर्नेछु।’यो खबर आजको अन्नपूर्ण पोस्टमा निर्दोष घोरसाइनेले लेखेका छन्।

सम्भाव्यता अध्ययन अनुसार चक्रपथमा रेल सञ्चालन गर्न एक खर्ब १६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। सम्भाव्यता अध्ययनले देखाएको सम्भावनालाई मुर्तरुप दिन डीपीआर गरिएको हो।

मोनोरेल चक्रपथमा तीन चरणमा निर्माण गरिनेछ। कोटेश्वर(कलंकी, कलंकी(महाराजगन्ज र महाराजगन्ज कोटेश्वर खण्डमा हुनेछ। एक सय किलोमिटर प्रतिघण्टा गुड्ने रेलले एक पटकमा एक हजारभन्दा धेरै यात्रुलाई सेवा दिने अनुमान गरिएको छ।

चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपनाजस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्प सिफारिस गर्नेछ। डीपीआरमा मोनोरेल निर्माण हुने उपत्यकाको साढे २७ किमि दूरीभित्रको माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्ने, रेलको डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यस्थापनको अनुमान, योजना सञ्चालनका चरणसहितको विश्लेषण पनि गरिएको छ।

डीपीआरमा प्राप्त भएको विवरण पूर्ण वा आंशिक रूपमा स्वीकार गर्ने अधिकार भने महानगरलाई नै हुनेछ। यो अध्ययन रिपोर्टको आधारमा काठमाडौं महानगरपालिकाले मोनोरेल निर्माणको प्रक्रिया अघि बढाउनेछ।

चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसनकै आर्थिक तथा प्राविधिक सहयोगमा डीपीआर तयार भएको हो।

सम्भाव्यता अध्ययनले काठमाडौंमा मोनोरेल सञ्चालन गर्न सम्भव देखाएको थियो। उक्त अध्ययनलाई संस्थागत गर्न महानगरले डीपीआर अघि बढाएको हो।

मोनोरेललाई निर्माण चरणमा लग्न आवश्यक प्रक्रियाको विस्तृत जानकारी अध्ययनका लागि डीपीआर अघि बढाइएको हो। मोनोरेलको सम्भाव्यता अध्ययन पनि सीआरसीसीले नै गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved