यौन सम्बन्धका बेला महिलालाई कस्तो फिलिङ्स हुन्छ भनेर बुझाउन कथा लेखेकी हुँ : मुना चौधरी

  • पुस ४, २०७६
  • १४० पटक पढिएको
  • न्यू पाटी
alt

पत्रपत्रिकामा यौन मनोविज्ञानमा आधारित रहेर कथा लेखिरहेकी मुना चौधरी यसपटक उपन्यासहित पाठकमाझ आइन्। तराईका दलित मुसहर समुदायलाई केन्द्रिबिन्दु बनाएर उनले लेखेर उपन्यास ‘दुलारी’ उनको दोस्रो उपन्यास हो।

पत्रपत्रिकामा उनका यौन मनोविज्ञानसँग सम्बन्धित कथा छापिइरहन्छन्। उनीसँग प्रजु पन्तले अन्तर्वार्ता लिएकी छन् जुन आज (बिहीबार) प्रकाशित शुक्रबार साप्ताहिकमा छापिएकाे छ। त्यसको केही अंश :

तपाईंको कथाले सकारात्मकभन्दा नकारात्मक प्रतिक्रिया पनि पाएको देखिन्छ। जस्तो ‘मचान’प्रति पाठक त्यत्ति सकारात्मक देखिएनन्, किन होला?

प्रतिक्रियाको त कुरै नगरौं। कति साथीहरूले त फेसबुकबाटै अनफ्रेन्ड पनि गर्नुभयो। समाज भाँड्ने भई भनेर गाली पनि खाइयो। म्यासेजमा आएको गालीको त के कुरा गर्नु? तर कथा लेखिरहने कथाकारले भने महिला यौन मनोविज्ञानलाई राम्रैसँग केलाएको भन्दै प्रशंसा गर्नुभएको थियो।

कथा लेख्नुको कारण?

पुरुषहरूले लेख्नुभएको कथामा पुरुषको फिलिङ्स हुन्छ तर महिलाको फिलिङ्स खै त? यौन सम्बन्धमा स्वर्गीय आनन्द हुन्छ भनेर पढ्दै गर्दा महिलालाई यौन सम्बन्धका बेला कस्तो सोचाइ आउँछ? के महिलालाई पनि स्वर्गीय आनन्द आउँछ? के महिलाको भागमा फिलिङ्स पनि पुरुषले लेखिदिनुपर्ने? जसको फिलिङ्स हो, उसैले लेख्नुपर्छ भनेर लेखेकी हुँ। यसलाई निरन्तरता दिनेछु अझै। यौन सम्बन्ध, त्यसपछि सन्तान जन्मँदाको क्षण, सन्तान जन्मेपछिको श्रीमानसँगको सम्बन्धबारे शृंखलाबद्ध रूपमा लेख्ने योजना बनाएकी छु।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved