रोशनीले इजलासमा भनिन्- के के भयो भयो!

  • पुस ४, २०७६
  • १६५ पटक पढिएको
  • न्यू पाटी
alt

हल्का रातो रङको कुर्ता, कालो सुरुवाल र कालै सलमा रोशनी शाही बिहीबार उच्च अदालत पाटन पुगिन्।

उनकै जाहेरीका आधारमा जबर्जस्ती करणी उद्योग मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराको निवेदनउपर उच्चमा सुनुवाइ चल्दै थियो।

उनी साढे ११ बजेतिर अदालतमा पुगेकी थिइन्। उनी अदालत परिसरमा पस्नुअघि मुख्य प्रवेशद्वारबाहिर केही समय रोकिइन्। अलमलमा परेजस्तो देखिन्थिन्। केही समयपछि उनी सिधै इजलासतर्फ लागिन्।

कालो सलले टाउको ढाकेकी थिइन् भने मुखमा मास्क थियो। अदालतभित्र पस्दा दुवै आँखा झुकेका थिए। न मुहारमा चमक देखिन्थ्यो।

उनी कसैसँग बोलिनन्। निराश अनि गम्भीर भावभंगीमा इजलासमा बसिरहिन्। अदालतबाट बाहिरिँदै गर्दा पनि उनी उस्तै भावभंगीमा देखिन्थिन्।

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा नितु घलेले लेखेकी छन्।

महराविरुद्धको मुद्दामा दिनभर सुनुवाइ चलेको थियो। उनी इजलासको अन्तिम सिटमा एक्लै बसेकी थिइन्। उत्सुकताका साथ बहस सुनिन्। अदालतबाट अपराह्न ४ बजेतिर बाहिरिएकी थिइन्। उनलाई इजलासबाट ‘तपाईंको केही भन्नु छ ?’ भनेर सोधिएको थियो। जवाफमा उनले आफूलाई ‘के के भयो भयो ?’ मात्र भनिन्।

‘फसाइयो’ भन्दै गर्दा उनको बोली रोकियो। उनी भावुक बनेकी थिइन्। आफ्ना कुरा राखेर उनी बाहिरिएकी थिइन्। अदालतबाट बाहिरिएको डेढ घण्टापछि मात्रै इजलासबाट महरालाई थुनामै राख्ने आदेश आयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved