सडक दुर्घटनामा मानवीय क्षति भयावह : एक महिनामै ५६ को मृत्यु

  • पुस ३, २०७६
  • १५९ पटक पढिएको
  • न्यू पाटी
alt

हेटौडा/ प्रदेश ३ मा चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म सडक दुर्घटनाबाट ५६ जनाको मृत्यु भएको छ । प्रदेश ३ ट्राफिक प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी चितवन, सिन्धुपाल्चोक, धादिङ र मकवानपुरमा बढी सवारी दुर्घटना भएका छन् ।

दुर्घटना न्यूनीकरण गर्न मुख्यमन्त्री डोरमणि पौडेलले छलफल थालेका छन् । छलफलकै क्रममा उनले सवारी दुर्घटना न्यूनीकरण र व्यवस्थापनलाई दरिलो बनाउन पाँच सदस्यीय समिति गठन गरेका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयका यातायात व्यवस्था निर्देशक सहदेव भण्डारीको संयोजकत्वमा रहेको समितिमा हेटौँडा उपमहानगर, प्रहरी कार्यालय, यातायात कार्यालयहरूका प्रतिनिधि सदस्य छन् । सात दिनभित्र प्रतिवेदन तयार गर्न मुख्यमन्त्री पौडेलले समितिलाई निर्देशन दिएका छन् ।

दुर्घटना न्यूनीकरणमा मुख्यमन्त्रीको चासो
पछिल्लो समय प्रदेश ३ मा दिनहुँजसो सवारी दुर्घटना हुन थालेपछि मुख्यमन्त्री डोरमणि पौडेलले चासो देखाएका छन् । दुर्घटना न्यूनीकरणका लागि मुख्यमन्त्री पौडेलले सरोकारवालासँग लगातार छलफल गरिरहेका छन् ।

सरोकारवाला र सरकारी कार्यालयका प्रतिनिधिसँगका छलफलमा मुख्यमन्त्रीले दुर्घटना न्यूनीकरण गर्न अधिकतम प्रयास गर्न निर्देशन दिँदै आएका छन् । ‘सवारी दुर्घटना न्यूनीकरणमा सबैले चासो दिनुस्,’ छलफलका क्रममा मुख्यमन्त्रीले भने, ‘सबै निकायको प्रयास भए मात्र न्यूनीकरण सम्भव छ ।’

प्रदेश सरकार बजेट खर्चन तयार
आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले सवारी दुर्घटनाको कारण खोजेर अघि बढ्नुपर्ने बताए । उनले दुर्घटना न्यूनीकरणका उपाय र प्रयासका लागि प्रदेश सरकार बजेट खर्चिएरै सहयोग गर्न तयार रहेको दाबी गरे ।

यसबीच मुख्यमन्त्रीले प्रदेश सभाका सदस्यहरू, हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव मधुसूदन बुर्लाकोटी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, प्रदेश ३ प्रहरी कार्यालय प्रमुख डिआइजी शेरबहादुर बस्नेत, प्रदेश ३ ट्राफिक कार्यालय प्रमुख एसएसपी जितेन्द्रकुमार बस्नेत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहलगायतसँग मुख्यमन्त्रीले छलफल गरेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved