बिहे नगरी पाँच सन्तानका बाउ बनेका युवा भन्छन्- कस्ताे हाेला त्यसकाे अनुहार?

  • पुस ३, २०७६
  • १४७ पटक पढिएको
  • न्यू पाटी
alt

जानकारीका अनुसार नेपालमा आफन्तबाट वीर्य या डिम्बर दान लिन रोकतोक छैन, तर व्यवसायिक रुपमा खरिद बिक्रीसम्बन्धी कानुनी नीति छैन।वीर्य दान दिएर धेरै युवा वाउ बनेका छन्, तर उनीहरुले आफ्ना सन्तान भने चिन्दैनन्। वीर्य दान गरेपछि त्यो कसले लियो, कसले दियो गोप्य रहन्छ।

साहिल नाम गरेका युवाले अहिलेसम्म पाँच पटक वीर्यदान गरिसके। तर, उनको वीर्यबाट को महिला गर्भवती भइन् र बच्चा जन्माइन् उनलाई थाहा छैन।‘मैले जुन परिवारकोलागि स्पर्म डोनेट गरेँ, उहाँहरुको खास समस्या मलाई थाहा छैन,’ साहिल भन्छन्, ‘सायद श्रीमानबाटै बच्चा नभएको होला। मैले वीर्यदान गर्दा उनीहरुको बच्चा भएपछि मलाई जानकारी गराउनु है भनेको छ।’

आफ्नो वीर्यबाट कस्तो बच्चा जन्मियो होला भनेर खुल्दुली लागिरहने उनले बताए।जसरी क्लिनिकको संख्या बढिरहेको छ, वीर्य र डिम्ब दान गर्नेहरुको संख्या पनि बढ्दै छ। वीर्य र डिम्ब दानबारे जानकार स्रोतका अनुसार कसैले निःशुल्क दान पनि गरिरहेका छन्, कतिले शुल्क पनि पाउँछन्।

पतिबाट गर्भ नरहेको अवस्थामा विकल्पका रुपमा महिलाले गर्भधारणको लागि अन्य व्यक्तिको वीर्य लिने चलन विश्वभर चलिरहेको प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राडा गेहनाथ बरालले बताए। ‘वीर्य दान गर्नु भाडामा कोख लिनु हैन। त्यसैले यो सेरोगेसी पनि हैन। यो बाँझोपनको उपचार हो। तर यसबारे पनि प्रष्ट नीति हुन भने आवश्यक छ,’ बरालले भने।वीर्यदाताको कथासहितको खबर आज बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकमा रीना मोक्तानले लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved