सुत्केरी पत्नी अस्पतालमै बन्धक भएपछि सडकमा भिख माग्दै पति

  • मंसिर २६, २०७६
  • २०३ पटक पढिएको
  • न्यू पाटी
alt

सुत्केरीबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खगले विराटनगरपस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन्।एकमहिने सुत्केरी ललिताका पति गोकुलकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन्।

विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पुर्‍याइएको थियो । नवजात जुम्ल्याहामध्ये एकको मृत्यु भइसकेको छ भने अर्की शिशु तोपास्थित घरमा छिन्।

ललिता दलित खत्वे समुदायकी हुन् । उनका पति गोपी मजदुरी गरेर जीविकोपार्जन गर्छन् । ललितालाई सुत्केरीका लागि गत कात्तिक २३ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो ।

चार दिनपछि उनलाई विराटनगर रेफर गरिएको थियो । गोपीका अनुसार विराटनगरमा पहिले म्याक्स अस्पतालमा भर्ना गरियो । त्यहाँ एक दिन राखेपछि उपचार सम्भव नभएको अस्पतालले बतायो ।

त्यसपछि विराटनगरकै जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा लगियो । सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई थप उपचारका लागि विराटनगर अस्पताल प्रालिको आईसीयूमा भर्ना गरिएको थियो । ट्रमा सेन्टरको एनआईसीयूमा राखिएकै बेला दुई नवजात छोरीमध्ये एकको मृत्यु भएको गोपीले बताए । अर्की शिशु स्वस्थ छिन् ।

गोपीका अनुसार ट्रमा सेन्टरमा सुत्केरी गराउनेदेखि छोरीको उपचार खर्चसमेत गरी १ लाख ७४ हजार रुपैयाँ उनले बुझाएका थिए । ३२ हजार ७ सय ५० रुपैयाँ औषधिबापत खर्च भएको थियो ।

‘मैले काम गर्ने साहु तथा गाउँका अन्य व्यक्तिसित ऋण लिएर ट्रमा सेन्टरमा उपचार गर्दा र औषधिमा लागेको खर्च बुझाएँ र छोरीलाई ल्याएँ,’ गोपीले भने । उनले विराटनगरमा आमासँगै राखेर छोरीको हेरचाह गर्न सक्ने अवस्था नरहेपछि घर ल्याइएको बताए । ‘घरमा अरू भए पनि नवजात शिशुलाई आमाभन्दा टाढा राख्दा गाह्रो पर्ने रहेछ,’ उनले भने ।

विराटनगर अस्पतालमा रहेकी ललिता निको भइसकेकी छन् । तर डिस्चार्ज हुन अस्पतालमा उपचारबापत लागेको खर्च ३ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्ने भएको छ ।

‘बिल तिर्न नसक्दा अस्पताल प्रशासनले आउन दिएको छैन,’ गोपीले भने, ‘ऋण गरेर ट्रमा सेन्टरमा दुई लाखभन्दा बढी बुझाइसकें । अब साढे तीन लाख कसरी जुटाऊँ ।’

पैसा खोज्न गोपी ललितालाई अस्पतालमै छाडेर मंगलबार गाउँ आएका हुन् । उनले वडा कार्यालयदेखि जिल्ला समन्वय समितिसम्म सहयोगका लागि अनुनय गरेका छन् । अरू मानिससामु समेत हात फैलाइरहेका छन् ।

‘खेत पनि छैन । नत्र बेचेर पैसा जुटाउँथें । हामी गरिबको पीडा कसले बुझिदिने ?’ उनले भने । उनले ललितालाई खानासमेत दिन नसकेको बताए । ‘अस्पतालमै रहेका अन्य बिरामीले दिएको खानाबाट श्रीमतीले छाक टार्छिन्,’ उनले भने, ‘म सप्तरी आएपछि उनले खाना खाइन् कि खाइनन्, थाहा छैन।’

विराटनगर अस्पताल प्रालिका प्रशासन प्रमुख पदम बिनाडीले ललिताको उपचारमा लागेको खर्च नबुझाइएकाले डिस्चार्ज नगरिएको बताए । ‘अति गम्भीर अवस्थामा ललितालाई हाम्रो अस्पतालमा ल्याइएको थियो । हामीले सुरुमा पैसा खोजेनौं, बिरामीलाई बचायौं । अब उपचारमा लागेको खर्च त तिर्नैपर्छ,’ उनले भने ।यो खबर आजको कान्तिपुर दैनिकमा राजविराजबाट अवधेशकुमार झाले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved