रंगशालाभित्र सांसद र कर्मचारीको रमिता, बाहिर सर्वसाधारणमाथि प्रहरीको यस्तो बर्बरता

  • मंसिर २५, २०७६
  • २५१ पटक पढिएको
  • न्यू पाटी
alt

साग फुटबलको स्वर्णका लागि नेपाल र भुटानबीच प्रतिस्पर्धाको समय मंगलबार दिउँसो ३ बजे तोकिएको थियो ।बहुप्रतीक्षित फुटबल खेल्न खेलाडी र हेर्न फुटबलप्रेमी उत्सुक थिए ।तर, यति महत्वपूर्ण अन्तर्राष्ट्रिय खेल हुनुअघि दशरथ रंगशाला सांसद र कर्मचारीलाई रमाइलोका लागि खुला गरियो ।

उनीहरूलाई फुटबल खेल्न आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नै व्यवस्थापन गरिदियो ।‘फुटबलको स्वर्ण पदकअघि नै दर्शक र पाहुनाले रमाइलो खेल हेर्न पाउनुहुनेछ, यसका लागि हामीले सांसद र संसद्का कर्मचारीलाई खेलाउँदै छौँ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्यसचिव रमेश सिलवालले नै भनेका थिए ।

यसरी मैदानमा रमिता गर्नु अन्तर्राष्ट्रिय मान्यताविपरीत हो । खेल हुनुअघि मैदान पूर्ण रूपमा खाली हुनुपर्छ । ‘अन्तर्राष्ट्रिय मात्रै होइन, राष्ट्रिय प्रतियोगिता चलिरहँदा पनि मैदान अन्य प्रयोजनका लागि खुला गर्नु गलत हो,’ फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, ‘आयोजकले नै मैदानको संवेदनशीलता बुझेको देखिएन।’

राखेपले सांसद–कर्मचारीलाई मैदानमा हुलेकोमा म्याच कमिस्नर मिन्डु दोर्जीले असन्तुष्टि जनाएका थिए । तर, आग्रह अस्वीकार गर्दै राखेपले खेल गराएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा दीपेन्द्र गुरुङले लेखेका छन्।

भित्र सांसदको रमिता चलिरहेका वेला बाहिर दर्शकमाथि प्रहरीले लाठीचार्ज सुरु भएको थियो । यो क्रम रंगशालाबाहिर साँझसम्म जारी रह्यो । आयोजकले क्षमताभन्दा बढी टिकट बिक्री र पास वितरण गर्दा खेल सकिने वेलासम्म पनि दर्शकहरू भित्र छिर्न प्रयासरत थिए ।

सांसद र कर्मचारीको खेल हेर्न उनीहरूका आफन्त पहिले नै भित्र छिरेका थिए भने हातमा टिकट भएका दर्शकलाई व्यवस्थित रूपमा भित्र छिराउनुको सट्टा उल्टै लाठीचार्ज गरिएको थियो ।

कालीमाटीका डिएसपी रुगम कुँवर आफैँले लाठी हातमा लिएर दर्शकलाई कुटेका थिए भने सोह्रखुट्टेका डिएसपी सन्तोषसिंह राठौर दर्शकलाई लात हान्दै थिए । प्रहरीको कुटाइबाट नागरिक दैनिकका पत्रकार सुमन चापागाईं अस्पताल भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved