प्यारीले कमरेडलाई दिएको पीडा!

  • मंसिर २५, २०७६
  • १६३ पटक पढिएको
  • न्यू पाटी
alt

पति छन्, विप्लव नेकपामा भूमिगत।पत्नी भन्छिन्, ‘सक्छस् भने मलाई पनि लैजा, ब्युरो सदस्य बनाएर। सक्दैनस् भने म के गर्छु, कहाँ जान्छु, सोधखोज गरेर नबस्।’विप्लव नेतृत्वको पार्टी र नेकपा अध्यक्ष प्रचण्डबीच ‘सम्बन्धविच्छेद’ भइसकेको भनिए पनि एक जना जिम्मेबार युवाको पारिवारिक तनावबारे उजुरी पुगेको छ, खुमलटार।

‘व्यक्तिगत मामिलामा अध्यक्षको तहबाट समाधान नखोजौँ’ भन्ने जबाफ बोकेर प्रचण्डसँग कुरा गर्न पुगेका विप्लव नेकपाका नेता त फर्किए तर समस्या झन् चर्किंदो रहेको छ । गत वर्ष पेरिसडाँडामा सहकर्मी नारायण खनालको टाउको फुटाएपछि चर्चामा आएकै घटनाको अर्को रुप हो।

त्यतिबेला पत्नीमाथि दुव्र्यवहार भयो भन्ने नाममा उनैलाई साथ दिएका विप्लव नेकपाका युवा नेता यतिबेला पत्नीबाट असाध्यै पीडामा परे भनी प्रचण्डकहाँ कुरा पुर्याइएको छ।गुनासो गरिएकी महिला हुन्, अखिल नेत्री गंगा दाहाल (सिन्धुली)।

विप्लव नेकपाका उपत्यका व्युरो कमिटी सदस्य अर्जुन राउतसँग ६ वर्षपहिले विवाह भए पनि दुई वर्षदेखि उनीहरु सँगै छैनन्।एक वर्षदेखि अर्जुन भूमिगत छन्। उनले गंगालाई आफूसम्बद्ध पार्टीमै काम गर्न भनेका थिए।

तर, गंगा ब्युरो सदस्य माग गरिन्, जुन सम्भव छैन।यसपछि अर्जुनले सम्बन्धविच्छेदको माग गरे। तर, गंगाले मानिनन्।  आजको जनआस्था साप्ताहिकले छापेको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved