लहान, २० मंसिर । कात्तिक ६ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुझेलियाका पंकजकुमार चौधरीले सामान्य विवादमा चिनजानकै व्यक्तिमाथि पेस्तोल प्रहार गरे ।
गोली लागि जनकपुरधाम उपमहानगरपालिका–१ मा शिव आयल स्टोर्स चलाउँदै आएका लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४० वर्षीय मनोज साहको मृत्यु भयो । छातीमा दुई गोली लागेर ढलेका साहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
जेठ २ गते साँझ पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१ का ४५ वर्षीय सेख फारुकमाथि पेस्तोल प्रहार भयो। नजिककै भाइ नाता पर्ने शेख सेराजुद्दिनको अवैध कटुवा पेस्तोल प्रहारबाट फारुकले ज्यान गुमाए। नेसनल मेडिकल कलेज वीरगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा जेठ ३ गते बिहान फारुकको मृत्यु भयो ।
समयअन्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा केही कम भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन । घरमा अवैध हतियार राखेर छिमेकीमाझ गर्व अनुभव गर्ने मनोविज्ञान हुर्किंदैछ ।
असार १९ गते महोत्तरीको बर्दिबास नगरपालिका–७ मा हतियारसहितको समूहले गाउँलाई नियन्त्रणमा लिएर डकैती ग¥यो । प्रतिकार गर्दा डाँकाले रामसुन्दर महतोसहित पाँच जनालाई कुटपिट गरी घाइते बनाए । डकैतीमा संलग्नमध्ये सर्लाही चन्द्रनगर गाउँपालिका–६ का ४५ वर्षीय देवलाल कापर एक थान नलकटुवा पेस्तोल र गोलीसहित पक्राउ परे । नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved