अभियुक्तलाई गोप्य कोठामा लगेर सिडिओद्वारा ९० हजार घुस असुली

  • मंसिर २०, २०७६
  • २१३ पटक पढिएको
  • न्यू पाटी
alt

दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले थुनछेक मुद्दाका तीन अभियुक्तसँग रकम असुलेको तथ्य खुलेको छ।उनले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार असुलेका हुन्।

रिजालले सार्वजनिक मुद्दा लागेका दुई घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका थिए । दुवै घटनामा उनले कम रकमको रसिद काटेर बढी रकम लिएका थिए ।तर, कर्तुत सार्वजनिक हुने डरले सिडिओ रिजालले बिहीबार नै रकम फिर्ता गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा दोलखाबाट श्याम खतिवडाले लेखेका छन्।

सिडिओ रिजाल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै काम गरेका कर्मचारी हुन् । विगतमा भ्रष्टाचारको अनुसन्धान गरेका कर्मचारी अहिले आफैँ सर्वसाधारणसँग बार्गेनिङ गरेर पैसा असुलेको घटनामा जिल्ला प्रशासनका कर्मचारीसमेत आश्चर्यमा परेका छन् ।

मेलुङ गाउँपालिका–४ भेड्पु निवासी लामा जनप्रतिनिधिमाथि हातपातको आरोपमा २४ दिनदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा थिए ।उनलाई प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेर अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । २४ दिन पूरा भएपछि प्रहरीले मंगलबार लामालाई प्रमुख जिल्ला अधिकारी रिजालसमक्ष थुनछेक बहसमा पठायो ।

प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालयमा लगे पनि कार्यालय समयभन्दा ढिला पुगेको भन्दै त्यत्तिकै फिर्ता पठाइदियो । मुद्दाको बहस हुन सकेन ।बुधबार पुनः उनलाई जिल्ला प्रशासन कार्यालय लगियो । थुनछेक बहसकै क्रममा लामालाई सिडिओ रिजालले यसअघि पनि दुईवटा मुद्दामा परेको भन्दै धरौटीमा छोड्न नमिल्ने बताए ।

उनले चेम्बरसँगैको अर्को गोप्य कोठामा लगेर लामालाई ‘यसअघि नै तिमीविरुद्ध दुईवटा मुद्दा परेकाले धरौटीमा छोड्न मिल्दैन’ भन्दै रकम बार्गेनिङ गरे । लामाले आफ्नो सानो बच्चा रहेको भन्दै परिवारमा अप्ठेरो भएकाले धरौटीमा छोडिदिन रिजालसँग आग्रह गरे । त्यसपछि उनले ‘मलाई रिक्स छ, एकपटकलाई बच्यौ एक लाख धरौटी लाग्छ’ भनेका थिए । सिडिओ रिजालले घुस रकम मागेपछि लामा परिवारले ऋण खोज्दै एक लाख जुटाएर बुझाएको लामाकी श्रीमती रेणु तामाङले बताइन् ।

१० हजारको रसिद काटेपछि खुल्यो पोल
सिडिओ रिजालले कुमार लामासँग एक लाख लिएर दस हजारको मात्रै रसिद दिएपछि यो तथ्य बाहिर आएको हो । बुधबार रकम बुझाएर हिरासतबाट बाहिर निस्कँदा साँझ परिसकेको थियो ।

घर पुगेपछि लामा परिवारले रसिद हेरे । त्यहाँ जम्मा १० हजार मात्र उल्लेख भएको देखेपछि आश्चर्यमा परे । बिहीबार बिहान लामा परिवार जिल्ला प्रशासन कार्यालय आइपुग्यो । त्यहाँ कालिञ्चोकका उदिम तमाङ र इन्द्रबहादुर तामाङ भेटिए । सिडिओले आफूहरूसँग बढी पैसा लिएकाले फिर्ता माग्नुपर्ने उनीहरूबीच छलफल भयो । त्यसपछि उनीहरूले जिल्लाका मिडियालाई खबर गरे।

लामाकी श्रीमती रेणु तामाङ जिल्ला प्रशासन कार्यालय गएर रिजालसँग ‘सिडियो साब हाम्रो बाँकी ९० हजार रुपैयाँ खै’ भनेर प्रश्न गर्न थालिन् । सामान्य घटनामा पनि धेरै पैसा लिएको भन्दै कराउन थालेपछि रिजाल झस्किए।

रिजालले बाहिर हल्ला नगरिदिनु भन्दै फोनसमेत अफ गर्न लगाई गाडीमा राखेर क्वार्टरतर्फ लगे । पत्रिकाले बेरेको कागजमा ९० हजार राखेर तामाङलाई फिर्ता गरे । सिडिओ रिजालले आफूले बढी लिएको रकम फिर्ता गरेको स्विकारेका छन् ।

उनले त्यो रकम आफूले राख्न नभई लामाबाट पीडित भएका मानिसलाई क्षतिपूर्ति दिलाउन लिएको, तर उनीहरू नआएकाले फिर्ता गरेको दाबी गरे । तर, कानुनमा पीडितलाई क्षतिपूर्ति दिलाउन सिडिओले पैसा लिन पाउने प्रावधान नै छैन ।

यस्तै, सिडिओ रिजालले कालिञ्चोक गाउँपालिका–१ का उदिम तमाङ र इन्द्रबहादुर तमाङबाट पनि मंगलबार सार्वजनिक सुरक्षा कसुरको थुनछेक बहसमा १४ हजारको नगदी रसिद दिएर ३५ हजार रुपैयाँ लिएका थिए ।

बिहीबार पत्रकारहरूलाई भेटेर पीडितहरूले सामान्य मुद्दामा पनि सिडिओ कार्यालयजस्तो ठाउँमा घुस दिनुपरेको भन्दै दुखेसो पोखेका छन् । तर, रिजालले सो रकम पीडित भनिएकालाई क्षतिपूर्ति दिन लिएको भन्दै गोलमटोल जवाफ दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved