पूर्व अधिराजकुमार धीरेन्द्रको घर ढालेर धमाधम बनाइदै पार्किङ स्थल

  • मंसिर १९, २०७६
  • २६७ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । यो एउटा त्यस्तो भव्य महलको डिजाइन हो, नेपालभर यही शैलीका कुनै घर आजसम्म बनेका छैनन् ।अत्याधुनिक विदेशी शहरको झल्को दिने यो ठाउँ हो, ०५८ को दरबार हत्याकाण्डमा दिवंगत अधिराजकुमार धीरेन्द्र शाहको बासस्थान रहेको जीवन कुञ्ज ।

दिवंगत पूर्व राजपरिवारको नाममा रहेका अधिकांश जायजेथा सरकारीकरण गर्दै नेपाल ट्रष्टको स्वामित्वमा ल्याइएको छ । यो जीवनकुञ्ज मात्र हो, जसलाई ट्रष्टले चलाएन । चलाउने कानुनी आधार पनि पाएन । ०६५ सालदेखि यसको बिक्री, बैनाका कथा चल्दै रहे । तर, कहिले भाउ नमिल्ने, कहिले बैना गर्ने मान्छे बेपत्ता हुने कारण भोगचलनमै समस्या आइरहेको थियो ।

०६९ सालमा टुंगो लाग्यो–यो जमिनलाई ३५ वर्षका लागि भाडामा लगाउने । कुनै बेला वैदेशिक रोजगारीको लागि नेपाली कामदारलाई कोरिया पठाउने एक मात्र ओभरसिज कम्पनी मुनड्रप्सका सञ्चालक पुकार राणाहरूले अहिले ३५ रोपनी क्षेत्रफलमा रहेको जीवनकुञ्जलाई भत्काएर १९ तलाको होटल बनाइरहेका छन् ।

अघिल्तिरको कम्पाउण्डमा नेपालकै सबभन्दा ठूलो सपिङ सेन्टर बन्दैछ । पार्किङ चाहिँ अण्डरग्राउण्डमा । त्यहाँ हजारभन्दा बढी चारपांग्रे र त्यही अनुपातमा दुई पांग्रे साधन अट्ने गरी पार्किङस्थल बन्दैछ ।

यसका लागि उनीहरूले पाँच वर्षअघि नै काठमाडौं महानगरपालिकाबाट नक्शा पास गराइसकेका छन् । अहिले काम धमाधम अगाडि बढिरहेको छ । त्यहाँबाट आउने भाडा धीरेन्द्रका तीन सन्तानले दामासाहीमा बाँड्ने सहमति भएको छ ।

त्यस बाहेक धीरेन्द्रकै स्वामित्वमा रहेको धुम्बाराहीस्थित क्लब कुण्डलिनीमा सञ्चालित प्याथोलोजी ज्वाइँ डा. राजीव शाहीले र त्यहीं सञ्चालित सासा व्याङ्क्वेट (पार्टी प्यालेस) अर्का ज्वाइँ आदर्श राणाले हेर्ने गरेका छन् । आम्दानी चाहिँ तीन छोरीले बराबर बाँड्छन् । सासा व्याङ्क्वेट टेकुमा पनि छ, प्रहरी परिसरभित्रै । त्यो पनि आदर्शले नै हेर्छन् ।

यो आम्दानीबाट तीनै दिदीबहिनीले पूर्व युवराज पारसको खर्च पनि बेलाबेलामा चलाई दिने गरेका छन् । पारस विशालनगरबाट चण्डोलतिर जाने एउटा हाउजिङमा फ्ल्याट लिएर बस्छन् ।

उनीसँग डा. राजीव शाहीले भेटिरहन्छन् । पतिको वियोगपछि एक्लिएकी धीरेन्द्रपुत्री शिताष्माले यही आम्दानीमध्येको महिनावारी ५० हजार रूपैयाँ सासू आशा सिंहलाई दिने गरेको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved