लैंगिक हिंसा अन्त्यका लागि सचेतना मुलक प्रभातफेरी

  • मंसिर ९, २०८०
  • १४४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : हरेक वर्ष मनाइने लैंगिक हिंसा विरुद्धको १६ दिवसिय अभियान सुनसरीको इटहरीमा लैंगिक हिंसा अन्त्यका लागि सचेतना मुलक प्रभातफेरीको आयोजना गरि सुरुवात गरिएको छ । इटहरी उपमहानगरपालिकाको संयोजकत्वमा लौगिंक हिसां विरुद्धको १६ दिवसिय अभियानको सुरुवात गरिएको हो ।

उपमहानगर प्रमुख हेमकर्ण पौडेलको संयोजकत्व रहेको प्रभातफेरी इटहरीको मुख्य चौक क्षेत्र परिक्रमा गरी विरेन्द्र चौकमा कोण सभामा परिणत भएको थियो ।  कोणसभाका वक्ताहरुले लैंगिक हिंसा अन्त्यका लागि सबैले प्रण गर्नु पर्नेमा जोड दिएका थिए । प्रभातफेरीमा इलाका प्रहरी कार्यालय इटहरी , महिला सशक्तिकरण समुह , पारालिग , जागरण नेपाल महिला समिति , महिला विकास समिति , बुल्स ऐलेभेन क्लव , नागरिक प्रहरी साझेदारी इटहरी , विभिन्न विद्यालयका विद्यार्थीहरु ब्यानर सहित सहभागी भएका थिए । 

सो अवसरमा १६ दिन सम्म लैंगिक हिंसा अन्त्यमा जोेड दिदै दलित महिला तथा जनप्रतिनिधिहरुलाई कानुनी साक्षरता , मानव वेचविखन विरुद्ध अभिमुखिकरण , जेष्ठ नागरिकहरु माथि हुने दुव्र्यवहार अन्त्य लगायतका विषयहरुमा विभिन्न संघसंस्थाहरुको समन्वयमा कार्यक्रम गरिने जनाइयो । प्रभातफेरीका सहभागीहरुले लैंगिक हिंसा अन्त्यका लागि विभिन्न सचेतना मुलक प्ले कार्ड बोकेर सहभागिता जनाएका थिए । १६ दिने अभियान सुरुवातका अवसरमा कलालय इटहरीले दुव्र्यसन विरुद्धमा सचेतना मुलक सडक नाटक प्रस्तुत गरेको थियो ।प्रभातफेरीमा उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरी ,विभिन्न वडाका वडाध्यक्ष ,जनप्रतिनिधि , कर्मचारी,विभिन्न संघसस्था तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved