बल्खुमा सात हजार मान्छे देखेर सरकार थर्कमान भएको ओलीको टिप्पणी

  • मंसिर ८, २०८०
  • २७४ पटक पढिएको
  • न्यू पाटी
alt

काठमडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले बल्खुमा पाँच सात हजार मान्छे ल्याउँदा सरकार थर्कमान भएको टिप्पणी गरेका छन् । कुनै एजेण्डा नभएको व्यक्तिको पछाडि लागेर भोलि उठि कहाँ जाने थाहा छैन भन्ने खालका मानिसहरुकोे भिड देखेर सरकार थर्कमान भएको टिप्पणी गरेका हुन ।

कहाँ हिँड्या , केका लागि हिँड्या के माग हो ? के नारा हो ? केही थाहा नभएका मान्छेका हुल देखेर सरकार आतिएको उनको भनाई थियो । राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गठबन्धन भएपनि सरकारको जग नभएको उनको भनाइ छ ।

जनताको काम लाग्ने चिज होइन रहेछ भनेर १५ वर्ष अगाडि फालिसकेको राजतन्त्र कसैले ब्यूँताउँछु भन्नु दिवा स्वप्न भएको उनको दाबी छ । प्रसाईंतिर लक्षित गर्दै युवा संघले बिहीबार गरेको प्रदर्शन झलक मात्र भएको भन्दै उनले ठूला आन्दोलनका लागि पनि तयार रहन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved