स्वर्गिय तीर्थ गौतमलाई मरणोपरान्त सम्मान

  • मंसिर ७, २०८०
  • २०० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सुनसरी जिल्लामा योगको महत्वलाई प्रचारप्रसार गर्ने देखि लिएर योग कक्षा समेत सञ्चालनमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै पतञ्जली योग समिति नेपाल इटहरीले स्वर्गिय तीर्थ गौतमलाई मरणोपरान्त सम्मान गरेको छ ।

पतञ्जली योग समिति नेपालको जिल्ला उपाध्यक्ष रहेर स्थायी रुपमा इटहरीमा योग कक्षा सञ्चालन गर्न योगदान गरेको तथा जिल्लामा योग प्रचारप्रसारमा महत्वपुर्ण योगदान गरेको भन्दै पतञ्जली योग समिति नेपालको १४औं स्थापना दिवसको अवसर पारेर स्वर्गीय गौतमलाई सम्मान गरिएको हो ।

मरणोपरान्त प्रदान गरिएको सम्मान स्वर्गीय गौतमकी धर्मपत्नी इन्दिरा गौतमलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य भिम पराजुली लगायतले दोसल्ला तथा प्रमाण पत्रले सम्मान गरेका हुन ।सोही अवसरमा पतञ्जली योग समिति नेपाल इटहरीका सस्थापकहरुलाई समेत सम्मान गरिएको छ । समितीले ३६ दिने प्रशिक्षक योग तालिमका सहभागिहरुलाई पनी सम्मान पत्र वितरण गरिएको थियो ।

कार्यक्रमका वक्ताहरुले शारिरिक तथा मानसिक स्वास्थ्यका लागि योगको महत्व ज्यादै रहेको वताएका थिए । पतञ्जली योग समिति नेपाल इटहरीकी अध्यक्ष उर्मिला कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली , पतञ्जली योग समिति नेपाल इटहरीका सस्थापकहरु राजेश श्रेष्ठ , शैलेश विष्ट , राधाकृष्ण शिव मन्दिरका अध्यक्ष विश्व रिजाल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved