सिरहामा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु

  • मंसिर ७, २०८०
  • १३९ पटक पढिएको
  • न्यू पाटी
alt

सिराहा : सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका–५ का १९ वर्षीय मुकेशकुमार सिंह, ३२ वर्षीय रामवृक्ष यादव र २७ वर्षीय दिनेशकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिएका छन ।

बुधबार साँझ सवा ७ बजेतिर सिराहा नगरपालिका–१९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिम आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

डीएसपी पाण्डेका अनुसार उपचारका लागि प्रादेशिक अस्पताल सिराहा पुर्‍याउँदा तीनै जनालाई चिकित्सकले मृत्यु घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved