कोशी अस्पतालका डा.कर्णले दर्जनभन्दा बढी शिशु बेचेको खुलासा

  • भदौ ६, २०८०
  • ३१५ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका छन् ।डा. कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको छ ।

उनले भोजपुर हतुवागढीका अविवाहित गोविन्द राई र उनकी प्रेमिकाको सम्बन्धबाट गत असार १४ गते ग्रिनक्रस अस्पतालमा जन्मिएकी शिशुलाई मोरङका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएपछी पक्राउ परेका हुन् ।


कर्णसँग उक्त शिशु खरिद गर्ने दम्पती पनि पक्राउ परेका छन् । डा. कर्णलाई गत शुक्रबार प्रहरीले नियन्त्रण लिने प्रयास गर्दा बिरामीको बहानामा कोशी अस्पतालमा भर्ना भएकोमा हिजो डिस्चार्ज भएपछी हिरासतमा लिइएको हो ।

कोशी अस्पतालमा झण्डै अढाई दशक स्त्री रोग विभागमा काम गरेर सेवा निवृत्त भएका कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ गतेसम्म यो अस्पतालको मेडिकल सुपरिन्टेण्डेन्ट थिए । उनी लामो समयदेखि अवैध सम्बन्धबाट जन्मिएका शिशु निःसन्तान दम्पतीलाई बिक्री गर्ने कार्यमा संलग्न हुँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

डा। कार्णले यसअघि गत असारमा अविवाहित ऋषिदेव थरकी युवतीले जन्माएको शिशु पनि काठमाडौंका अग्रवाल थरका एक निःसन्तान दम्पतीलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved