एनसिसी तालिम यस वर्ष पनि सुनसरीमा सुरु

  • भदौ १, २०८०
  • ३०२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : युवा विद्यार्थीमा राष्ट्रिय एकताको भावना जागृत गराउने तथा नेतृत्व क्षमता विकास गरी असल नागरिक वनाउने उद्धेश्यले नेपाली सेनाले विद्यालयमा सञ्चालन गर्दै आएको एनसिसी तालिम यस वर्ष पनि सुनसरीमा सुरु भएको छ ।

नेपाली सेनाको श्री कृष्णदल गण सुनसरीको समन्वयमा सुनसरीको इटहरीमा रहेको जनता माध्यमिक विद्यालय सहित केही विद्यालयका विद्यार्थीलाई अनुशासन, वफादारिता , इमान्दारिता , राष्ट्रिय एकताको भावना तथा नेतृत्व क्षमताको विकासमा सहयोग पुर्याउने उद्धेश्य सहित एनसिसी तालिम सुरु गरेको हो ।

सुनसरीको धरानमा रहेको श्री पब्लिक हाई स्कुल, बराहक्षेत्रमा रहेको महेन्द्र मा.वि. र ईटहरीमा रहेको जनता मा.वि.मा अध्ययनरत विद्यार्थीलाई आजबाट एनसिसी तालिम सुरु गरिएको छ । विद्यार्थीलाई एनसिसी तालिम सञ्चालन गर्नु अघि श्री कृष्णदल गणले विद्यालय व्यवस्थापन समिति, अभिभावक , शिक्षक विद्यार्थी सहभागिता गराएर एनसिसी सम्वन्धी जानकारी सहित तालिमको भिडियो गणपति प्रमुख सेनानी श्री अमित लामाले प्रस्तुत गरेका थिए । आजबाट सुरु भएको तालिममा श्री कृष्णदल गणका सेनानी रुपेस चापागाँईले तालिमको सफलताका लागि शुभकामना सहित सि.सं. १८ एनसिसी सिनियर डिभिजन तालिमको प्रथम प्रवचन दिएका थिए ।

नेपाली सेनाले सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल सरकारको प्राथमिकता प्राप्त कायक्रम अनुरुप एनसिसी तालिम सञ्चालन गर्दै आएको छ । सुनसरीको ईटहरीमा रहेको नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमी, धरानमा रहेको आईडियल बोर्डिङ्ग स्कुल र धरानमा नै रहेको सैनिक आवासिय महाविद्यालयमा एनसिसी तालिम संचालन भई रहेको छ । सुनसरीमा हाल सम्म ११सय ९ जना छात्र छात्राले तालिम लिइसकेको छन ।

श्री कृष्णदल गणका गणपति प्रमुख सेनानी अमित लामाले २४ गते सिनियर डिभिजन तर्फ धरान, बराहक्षेत्र र ईटहरीका विद्यालयमा अध्यनरत छात्र÷छात्रा, विद्यालय संचालन समितिका पदाधिकारी, शिक्षक तथा अभिभावकहरुलाई सहभागि गराई एमसिसि तालिम सम्बन्धी जानकारी मुलक कक्षा तथा तालिमको भिडियो समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved