बालुवाभित्र १० सीमा स्तम्भ

  • मंसिर १९, २०७६
  • १७६ पटक पढिएको
  • न्यू पाटी
alt

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा नेपाल–भारत सीमा छुट्याउने १० सीमा स्तम्भ महाकालीको पानीभित्र छन्। ८१३ नम्बरको मुख्य सीमा स्तम्भ महाकालीको बगरमा ढलेर अलपत्र छ।

उत्तरतर्फका १० वटा सीमा स्तम्भ पानीभित्र रहेको ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बलको बीओपी जानकारी दिएको छ।

सशस्त्रका अनुसार ३ वटा मुख्यसहित ७ वटा सहायक गरी सो क्षेत्रमा १० वटा छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा कञ्चनपुरबाट महादेव अवस्थीले लेखेका छन्।

‘हाम्रो प्रविधिले हेर्दा त्यहाँका मुख्य तीन र सहायक सातवटा सीमा स्तम्भ महाकाली नदीमा पर्छन्,’ बीओपी ब्रह्मदेवका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले भने, ‘ब्रह्मदेवको माथिल्लो भागदेखि भीमदत्त नगरपालिका–११ भुजेलासम्म पाँच वटा मुख्य सीमा स्तम्भ छैनन्।’

सशस्त्र प्रहरीका अनुसार ब्रह्मदेवदेखि माथि उत्तरतर्फ मुख्य सीमा स्तम्भ ८१४, ८१५ र ८१६ पानीभित्र छन्। त्यसैगरी ब्रह्मदेव बजारको पश्चिम क्षेत्रमा महाकाली नदीमा मुख्य सीमा स्तम्भ ८११ हराउँदा पटकपटक विवाद हुने गरेको छ।

सीमा स्तम्भ महाकाली नदीको तटबन्धभन्दा पर (टनकपुर क्षेत्र) मा पर्छ। तर भारतीय पक्षले भने स्तम्भ नेपालतर्फकै भूभागमा भएको दाबी गर्दै आएको छ।

सीमा स्तम्भको मर्मतमा दुवै देशले बेवास्ता गर्दा पुरिने अवस्थामा छ। ०७० सालमा महाकाली बाढीले सीमा स्तम्भ ढालेको स्थानीय मनोज लावडले बताए। ‘पिलर ढलेको ४ वर्ष बितिसक्यो, मर्मत भएको छैन,’ उनले भने, ‘पिलर बालुवामा पुरिएपछि भारतले नेपाली भूभाग पनि आफ्नो भएको दाबी गर्न बेर लाउँदैन।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved