वुल्स ऐलेभेन क्लव इटहरीले सार्वजनिक क्षेत्रमा रोप्यो सयपत्रीको विरुवा

  • श्रावण २७, २०८०
  • ४३१ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : इटहरी क्षेत्रमा नियमित सरसफाई र सडक आसपासका क्षेत्रमा लगाइएका फूल तथा विरुवाहरु गोडमेल गर्दै आएको वुल्स ऐलेभेन क्लव इटहरीले आगामी तिहारलाई लक्षित गरी सार्वजनिक क्षेत्रमा सयपत्रीको विरुवा रोपेको छ ।

किमाथांका रानी सडक खण्ड अन्तरगत इटहरीको मुख्य चौक उत्तर तर्फ सडक विच भागमा फुल तथा विरुवा लगाउन ठाउँमा सयपत्रीका ६ सय विरुवाहरु वुल्स ऐलेभेनले रोपेको हो ।

दुई तर्फ सडक विभाजन गर्न र फूल वारी लगाउन छोडिएको ठाउँमा फूल तथा विभिन्न विरुवाहरु समेत लगाएर सडक क्षेत्रको सौन्दर्यकरण गर्ने काममा सहयोग पुर्याउदै आएको वुल्स ऐलेभेनले साप्ताहिक रुपमा सो क्षेत्रमा फूल तथा विरुवा गोडमेल र सरसफाई गर्दै आएको छ । सोही क्षेत्रमा आगामी तिहारका समयमा फूलको अभावलाई केही हद सम्म पुरा गराउने उद्धेश्यले सयपत्री फूल लगाएको वुल्स ऐलेभेनका उपाध्यक्ष रामु राईले वताए ।

सयपत्री फूल रोप्ने तथा सरसफाई तथा फूल गोडमेल गर्ने कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल , समाजसेवी रोशन तामागं लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved