निजी विद्यालय संचालकको आन्दोलन फिर्ता

  • श्रावण २६, २०८०
  • २७४ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : विद्यालय शिक्षा विधेयकको प्रस्तावित मस्यौदाको विरोधमा उत्रिएका निजी विद्यालय संचालकहरूले आन्दोलन फिर्ता लिएका छन्। शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मन्त्रिपरिषदबाट पारित गरेसँगै यसमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

शुक्रबार सिंहदरबारमा रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री अशोक राईसहित सरोकारवालाहरुबीचको छलफलमा विद्यालय शिक्षासम्बन्धी विधेयक निजी विद्यालय सञ्चालकले उठाएको माग सम्बोधन गर्न सरकार तयार भएसँगै पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम स्थगित गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का महासचिव आरबी कटुवालले जानकारी दिए।यसअघि प्याब्सन,हिसानका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त विधेयकको मस्यौदामा सात बुँदे सुझाव सार्वजनिक गरेका थिए । उनीहरुले आफूहरुको माग सम्बोधन नभएमा २८ गतेदेखि देशभर अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved