नरबहादुर कर्मचार्यको १० औं स्मृति दिवसको अवसरमा सुनसरीको इटहरीमा सरसफाइ कार्यक्रम सम्पन्न

  • श्रावण १०, २०८०
  • ३०० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नरबहादुर कर्मचार्यको १० औं स्मृति दिवसको अवसर पारेर मङ्गलबार सुनसरीको इटहरीमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ । नरबहादुर कर्मचार्यको स्मृतिमा संचालन गरिएको नरबहादुर स्मृति प्रतिष्ठानद्वारा संचालित वहुप्राविधिक शिक्षालयका विद्यार्थीहरु, प्रतिष्ठानका पदाधिकारी लगायतको सहभागीता रहेको कार्यक्रममा इटहरी अस्पताल देखि राधाकृष्ण मन्दिर आसपासका क्षेत्रमा सरसफाइ गरि १० औं स्मृति दिवस मनाएको हो ।

स्वर्गीय नरबहादुर कर्मचार्यले आफ्नो जिवनकालमा विभिन्न सामाजिक क्षेत्रमा दिएका महत्त्वपूर्ण योगदानको स्मरण गर्दै हरेक वर्ष नरबहादुर स्मृति दिवस मनाइँदै आएको छ । १० औं नरबहादुर कर्मचार्य स्मृति दिवस कार्यक्रम स्वर्गीय नरबहादुर कार्मचार्यको फोटोमा माल्यार्पण गरेर सरसफाइ सुरु गरेको हो । उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष निर्मल बराल, नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानका सल्लाहकार अनिता परियार लगायतको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । प्रतिष्ठानका सह–सचिव डाक्टर खगेन्द्र ओलीले जानकारी दिए ।

WhatsApp Image 2023-07-25 at 18.22.06 (2)

नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानद्वारा सहुलियत दरमा सिभिल इन्जिनियरिङ, होटेल म्यानेजमेन्ट, बालिविज्ञान, कृषि लगायतका प्राविधिक तथा अन्य विषयहरुमा विगत लामो समयदेखि अध्यापन गराइँदै आएको छ । स्वर्गीय नरबहादुर कर्मचार्यको योगदानको स्मरण गर्दै ट्रस्टले समय समयमा विभिन्न सामाजिक गतिविधि आयोजना गर्दै आएको छ । नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानद्वारा संचालित बहु प्राविधिक शिक्षालयमा पुर्वी क्षेत्रका ३ सय ५० बढी विद्यार्थीहरुले पठनपाठन गर्दै आएका छन् भने फार्मेसी शिक्षा पनि चाडैं पठन पाठन हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved