सुन्दरहरैंचामा सर्पदंश विषयमा केन्द्रित सचेतना मुलक कार्यक्रम सम्पन्न

  • श्रावण ९, २०८०
  • ४७४ पटक पढिएको
  • न्यू पाटी
alt

सुन्दरहरैचा : सर्पदंशका विरामीलाई सर्पदंशको उपचार हुने स्वास्थ्य केन्द्रमा समयमै लैजानु पर्ने विषय केन्द्रित सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीले मोरङको नयाँ वृन्दाबनमा जनचेतना कार्यक्रम गरेको छ ।

विषालु सर्पले टोकेका विरामीको समयमै उपचार नभए मृत्यु समेत हुने तर्फ मध्यनजर गर्दै उपचारका लागि स्वास्थ्य संस्थामा लैजानु पर्नेमा जोड दिँदै सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीले मोरङको सुन्दरहरैचा वडा नम्बर ५ राधेश्याम सेवा ट्रष्टमा सचेतना कार्यक्रम आयोजना गरेको हो ।

गर्मीयाममा सर्पदंश प्रभावित मानिसहरुको संख्या बढी हुने गरेको तर्फ मध्यनजर गर्दै सर्पदंशबाट बच्ने, सर्पले टोके प्राथमिक उपचार गर्ने, साथै सर्पदंश उपचार केन्द्रहरूमा लैजाने लगायतका विषयमा पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापकद्धय सरिता खतिवडा र दिक्षा पौडेलले सचेतना मुलक सहजिकरण गरेका थिए ।

सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका अध्यक्ष दिवस पोखरेलको अध्यक्षता तथा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गणेश चौधरीको प्रमुख आतिथ्यमा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।

नारी सृजना कुञ्ज नेपाल र राधेश्याम सेवा ट्रष्टको सहकार्य रहेको सचेतना कार्यक्रमको संयोजकत्व राधेश्याम सेवा ट्रष्टका संरक्षक पंडित दिनवन्धु शास्त्रीको रहेको थियो ।

सो कार्यक्रममा सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका उपाध्यक्ष राजु थापा, सचिव सचिन पोखरेल, कोषाध्यक्ष उदय सुब्बा, नारी सृजना कुञ्ज नेपालकी अध्यक्ष प्रतिक्षा अधिकारी र सचिव सृजना अधिकारी लगायतका अतिथीहरुको उपस्थित रहेको थियो । त्यसै गरी सचेतना कार्यक्रममा स्वमसेविका, स्थानीय समाजसेवी, साजिलाल माध्यमिक विद्यालयका स्काउट सर्कलमा आवद्ध विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved