इटहरी बजार क्षेत्रका पसल तथा होटेलहरुमा अनुगम

  • श्रावण १, २०८०
  • ३०४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । इटहरी बजार क्षेत्रका पसल तथा होटेलहरुमा अखाद्य वस्तुहरु प्रयोग गरी भएका खाद्य वस्तुहरु विक्री वितरणका कारण उपभोक्तहरुमा पर्ने स्वास्थ्य लाई मध्यनजर गर्दै अनुगमन गरिएको छ ।

म्याद गुज्रीएका खाद्य वस्तु बिक्री वितरणले उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने प्रतीकुल असरलाइ मध्यनजर गर्दै इटहरी उपमहानगरपालीकाले बजार अनुगमनलाइ निरन्तरता दिएको हो । स्थानीय साथै इटहरी भएर दैनिक आवतजावत गर्ने उपभोक्तहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले बजार क्षेत्रका मिष्ठान पसल , मासु पसल र होटलहरुको अनुगमन गरेको हो ।

इटहरी उपमहानगरपालीकाका मेयर हेमकर्ण पौडेल , उपमेयर संगीता कुमारी चौधरी लगायत उपभोक्ता संरक्षण मञ्च ,खाद्यन्नका प्रतिनिधि, प्रहरी तथा पत्रकारहरुको संयुक्त टोलीले बजार क्षेत्रको अनुगमन गरिएको हो ।

मासु पसल अनुगमन गर्ने क्रममा केही पसलमा खराब भएका मासु बिक्री वितरण गर्ने पाइएको पसललाइ तालाबन्दी गरी थप आवश्यक प्रकृया अगाडी बढाइएको इटहरी उपमहानगरपालीकाकी उपप्रमुख चौधरीले बताइन । एक प्रकारको व्यवसाय गर्ने भनी दर्ता गरेर फरक कीसीमको व्यवसाय सञ्चालन गरीएको पाइएको उनको भनाइ छ ।

अनुगमनका क्रममा केही मिष्ठान पसलहरुले बासी, अस्वस्थकर मिठाइहरु पाइएको छ । साथै मासु पसलहरुमाले कुहिएको , ढुसी परेको मासुहरु फिजमा पाइएको छ । सचेतनामुलक उक्त अनुगमनका क्रममा अनुगमन टोलिले विभिन्न पसल सञ्चालकहरुलाइ नियम सङगत रुपमा पसल सञ्चालन गर्न चेतावनी समेत दिएको छ ।

तालाबन्दी गरिएको मासु पसल सञ्चालकलाइ इटहरी उपमहानगरपालिकामा उपस्थित हुन पत्र काटिएको छ । उक्त खाद्यहरुको मिति सकिएको वस्तुहरुलाई जफत गरि नष्ट गरीएको छ ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौड्यालले पहिलो चोटी खान योग्य नभएका खाद्य सामाग्री,मासु बिक्री वितरण गर्ने व्यवसाय सञ्चालकलाइ सचेत गराउने र पटकपटक नगरको निर्देशन अवज्ञा गर्ने व्यवसायीलाई कानुन सम्मत कारवाही गर्ने बताएको छ ।

इटहरी उपमहानगरपालीकाले पसल तथा होटलहरुको अनुगमन गर्ने क्रममा अखाद्य वस्तु तथा दर्ता प्रकुया वीपरीत सामान प्याकेजीङ समेत गरेर बिक्री वितरण गर्ने पसलहरुलाइ ५ हजार देखी ५० हजारसम्म जरिवाना पनी लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved