द लेप्रोसी मिसन फाउण्ड परियोजना र पुनरस्थापना र विकास मञ्च सुन्दरहरैचासंग छलफल

  • असार २६, २०८०
  • २३७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :अपागंता भएका मानिसहरुलाई सिप सहित रोजगारीका अवसरहरु खोजी गरेर रोजगारी दिलाउदै आएको द लेप्रोसी मिसन फाउण्ड परियोजनाले पुनरस्थापना र विकास मञ्च सुन्दरहरैचासंग छलफल गरेको छ ।

सुन्दरहरैचा नगरक्षेत्रका अपगता भएका मानिसहरुलाई सिप सहित रोजगारी उपलव्ध गराउने विषयमा इटहरी होटल इनटुरिष्ट प्यालेसमा छलफल आयोजना गरिएको हो ।

पुनरस्थापना र विकास मञ्च सुन्दरहरैचाका अध्यक्ष खड्ग श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा लेप्रोसी मिसनले गर्दै आएका सिपमुलक तालिम सहित रोजगारीमा अपागंता भएकाहरुलाई गरेको समन्वयका विषयमा छलफल गरियो । आगामी दिनमा सुन्दरहरैचा क्षेत्रमा पनि अपागंता भएकाहरुलाई सिप प्रदान गरी अवसर प्रदान गर्न सकिने विषयमा लेप्रोसी मिसनले गर्दै आएका काम सहित आगामी योजनाहरुका विषयमा लेप्रोसी मिसनका विपिन दासले जानकारी गराएका थिए ।

अपागंता भएकाहरुलाई सिप सिकाएर आत्मनिर्भर वनाउने कार्य गर्दै आएको लेप्रोसी मिसनले हाल सम्म २सय ५० जना वढीलाई विभिन्न ठाउँमा अवसर उपलव्ध गराएको समेत दासले छलफलमा वताए ।

अपागंता भएका १८ वर्ष देखि ४५ वर्ष सम्मका मानिसहरुलाई सिप सिकाएर रोजगारी उपलव्ध गराउने काम लेप्रोसी मिसनले गर्दै आएको छ । छलफलमा सुन्दरहरैचा क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved