कृषक मैत्री प्रविधिमा जोड दिदै कृषि अनुसन्धान निर्देशनालय तरहराले धान दिवस मनायो

  • असार १५, २०८०
  • २४८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : धान उत्पादनमा कृषकहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले मनाइने राष्ट्रिय धान दिवस यस वर्ष कृषक मैत्री प्रविधिमा जोड दिदै मनाइएको छ । हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस अन्तरगत यस वर्ष २०औं राष्ट्रिय दिवस जयवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ मनाइएको छ । धानका जातहरुको अनुसन्धान गर्दै आएको कृषि अनुसन्धान निर्देशनालय तरहराले पनि प्रविधिमा जोड दिदै धान दिवस मनाएको छ ।

पछिल्लो समयमा कृषि मजदुरहरु पाउन समस्या भईरहेको तर्फ मध्यनजर गर्दै कम जनशक्ति र लागतमा धान खेती गर्न सकिने ड्रमसिडर प्रविधिको प्रयोगमा जोड दिदै कृषि अनुसन्धान निर्देशनालय पनि राष्ट्रिय धान दिवस मनाएको हो । धान उत्पादन राम्रो हुने तथा लागत र जनशक्ति कम लाग्ने ड्रमसिडर प्रविधिको प्रयोग कृषकहरुमा समेत पुर्याउने सहयोग पुगोस भनेर धान दिवसमा पनि ड्रमसिडर प्रविधिको प्रयोग गरिएको निर्देशनालयका प्रमुख केशव श्रेष्ठ वताउछन । उनले आफुहरुले ड्रमसिडर प्रयोग गरिसकेको र लागत तथा जनशक्ति कम लाग्ने र उत्पादन समेत राम्रो हुने पाइएको जानकारी गराए ।

WhatsApp Image 2023-06-30 at 18.27.45 (1)

राष्ट्रिय धान दिवसको अवसरमा कृषि अनुसन्धान निर्देशनालयमा गरिएको धान रोपाई कार्यक्रममा सामान्य खर्चमा विउ राख्नु नपर्ने , गोडमेल गर्नु नपर्ने ड्रमसिडर प्रविधि कृषकहरुका लागि उपयुक्त हुने विषयमा चर्चा समेत गरियो । सोही धान रोपाई कार्यक्रममा सहभागी इटहरी उपमहानगरपालिका वडा नम्बर २०का वडाध्यक्ष मणीराम श्रेष्ठले उपमहानगरपालिकाले कृषकहरुका लागि विभिन्न किसिमका सहयोग ,अनुदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि ड्रमसिडर प्रविधिका विषयमा जानकारी लिन सहभागी भएको वताए ।

उत्पादन वृद्धिमा जोड दिदै नेपाल कृषि अनुसन्धान परिषद अन्तरगत रहेको कृषि अनुसन्धान निर्देशनालय तरहराले धान सहितका बाली , वागवानी , मत्क्ष्य , घाँस , पशु , कुखुरा ,प्रविधि लगायतका क्षेत्रमा अनुसन्धान गर्दै आएको छ । निर्देशनाल क्षेत्रमा ४५ विघामा धान लगाउदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved