आज असार १५ अर्थात राष्ट्रिय धान दिवस, सुनसरीमा पनि धान रोपाई गरेर मनाईयो

  • असार १५, २०८०
  • ३१२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : आज असार १५ गते अर्थात राष्ट्रिय धान दिवस देशभर कृषकहरुलाई धान उत्पादनका लागि प्रोत्साहन गर्दै विभिन्न कार्यक्रम सहित धान रोपाई गरेर मनाइएको छ । सुनसरीमा पनि जिल्ला कृषि सहकारी संघको आयोजनामा इटहरी र प्रकासपुरमा सामुहिक धान रोपाइ गरेर मनाइएको छ । जिल्ला कृषि सहकारी संघको आयोजनामा इटहरी उपमहानगरपालिका वडा नम्बर १८ र बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकासपुरमा प्रविधिको प्रयोग सहित धान रोपाई गरिएको हो ।

इटहरीमा आयोजित धान रोपाई कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले उपमहानगरपालिकाले बजेट निर्माण गर्दा किसानलाई प्रोत्साहन गर्ने गरी कृषिबाट आत्मनिर्भरता जोड दिदै आएको जानकारी दिए । उनले कृषिमा यान्त्रीकरणका लागि तीनै तहका सरकार लागि परिरहेको समेत वताए ।

धान उत्पादनमा जोड दिदै मनाइने धान दिवसका अवसरमा पराम्परागत रुपमा साथै प्रविधिको समेत प्रयोग गरेर धान रोपाई गरि दिवस मनाइएको जिल्ला कृषि सहकारी संघका अध्यक्ष भोलकाजी बस्नेतले वताए । उनले संघका आयोजनामा राष्ट्रिय धान दिवसका अवसरमा इटहरी र बराहक्षेत्रमा रोपाई गरी मनाइएको समेत जानकारी गराए । दिवसकै अवसरमा बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकासपुरमा पनि प्रविधिको प्रयोग गरी धान रोपाई गरिएको छ । जिल्ला कृषि सहकारी संघको आयोजनामा बराहक्षेत्रमा पनि धान रोपाई गरि दिवस मनाइएको संघका बराहक्षेत्र संयोजक रविन घिमीरेले जानकारी दिए । उनले मुख्यबालीका रुपमा रहेको धान उत्पादनमा वृद्धि गर्ने उद्धेश्यले किसानहरुलाई प्रोत्साहन गर्न दिवस मनाउदै आएको समेत वताए ।

धान उत्पादनमा जोड दिदै विंस. २०६१साल देखि असार १५गतेका दिन राष्ट्रिय धान दिवस मनाउन थालिएको छ । यस वर्षको धान दिवसको नारा जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved