क्रसर उद्योगहरुमाथि सरकारको कुदृष्टि ,व्यवसायीहरु आक्रोशित

  • असार १४, २०८०
  • ३५५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : क्रसर व्यवसायीहरुले उद्योगसँग सम्बन्धित कार्यालयहरुमा नविकरणका लागी जाँदा नविकरण नगरिदिने दोहोरो व्यवहारले गर्दा सम्पुर्ण क्रसर उद्योगहरु बन्द गर्ने चेतावनी दिएका छन ।

इटहरीको रोयल रिसोर्टमा कोशी क्रसर व्यवसायी संघ तथा मेची क्रसर व्यवसायी संले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल सरकारको क्रसर विरोधी गतिविधिका कारण यही असार १८ गतेदेखी उद्योगहरुको उत्पादन तथा विक्री वितरण पुर्ण रुपमा ठप्प बनाउने जनाएको हो । निजी क्षेत्रबाट अरबौको लगानी र लाखौलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगार प्रदान गरिरहेका क्रसर उद्योगहरु बारम्बार अवैधानिक उद्योगहरुको छापबाट प्रताडित भइरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सोही बहानामा पटक पटक दुख दिने परिपाटीले देशभरिका सम्पुर्ण उद्योगहरु प्रभावित भइरहनु परेको क्रसर उद्योगीहरुको ठहर छ । इजाजत लिइ संचालनमा रहेका क्रसर, बालुवा तथा खानी उद्योगहरु २०८० असार १५ गतेभित्र नविकरण गर्न मातहतको निकायहरुलाई लिखित स्पष्ट निर्देशन नभएको खण्डमा देशभरिका उद्योगहरुको उत्पादन तथा विक्री वितरण यही असार १६ गते बाट बन्द गर्ने नेपाल क्रसर तथा खानी उद्योग महासंघको निर्णय प्रति ऐक्वद्धता जनाउँदै यस प्रदेशभित्रका सम्पुर्ण क्रसर उद्योगहरु बन्द गर्ने संघले चेतावनी दिएको हो ।

क्रसर तथा बालुवा प्रसोधन गर्ने २५ सय उद्योगमा २ लाख हाराहारीमा कामदार रहेकोमा उद्योगलाइ राज्यले हेर्ने दृष्टीकोण अझै स्पष्ट हुन नसकेकारण उद्योग बन्द गर्नुपर्ने अवस्थामा कामदारका परीवार भोकभोकै रहने अवस्था आउँदा पनी राज्यले सोच्न नसकेको मेची क्रसर व्यवसायी संघका अध्यक्ष शे.र बहादुर थापाको ठहर छ । असार १६ गतेबाट क्रसर व्यवसाय बन्द गरीने भनीएतापनी नेपाल सरकारसँग महासंघको संवाद चलीरहेको बताउँदै नेपाल क्रसर तथा खानी उद्योग महासंघ केन्द्री य उपाध्यक्ष देवराज तामाङले सरकारले असार १८ गतेसम्म माग सम्बोधन गर्ने प्रतीबद्धता जनाएको बताएका छन । उनले सो मीतीमा पनी व्यवसायीको हकहीतमा नीर्ण नभएको ख०डमा देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दीएका छन ।

IMG_20230629_144415

नेपाल सरकार गृह मन्त्रालयले मिती २०७९ पौष २० गतेबाट कसर बालुवा तथा खानी उद्योगहरु बन्द गराइ नेपाल सरकारको तर्फबाट छानबिन गरी कानुन बमोजिम अनुमति, इजाजत लिएका तर समय– समयमा परिवर्तन भइरहेको मापदण्ड लगायतका कारण नविकरण हुन नसकेका क्रसर उद्योगहरुका हकमा ति उद्योगहरुबाट कानुन बमोजिम लाग्ने कर, दस्तुर शुल्क सहितका राज्यवहरु लिइ २०८० असार मसान्तसम्म यथावत रुपमा उद्योगहरु संचालन गर्ने भनि नेपाल सरकार मन्त्रीपरिषद्ले नीर्णय गरेको थीयो । कार्यक्रममा कोशी क्रसर व्यवसायी संघका अध्यक्ष रोसन सुब्बा नेपाल क्रसर तथा खानी उद्योग महासंघका केन्द्रिय सदस्य केदार गिरी, शारदा प्रसाद ढकाल लगायतका व्यवसायीहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved