यी हुन् धर्मको आडमा यौनलिला मच्चाउने ‘बाबा’हरु

  • मंसिर १९, २०७६
  • १७३ पटक पढिएको
  • न्यू पाटी
alt

हिन्दु संस्कारमा अनुयायी आफ्नै सन्तानजस्तै हुन् तर सबै बाबा अभिभावक जहाँ हुन्छन् र!संस्कारमा बसिदिएको भए सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको बास आश्रममै हुन्थ्यो, हिरासतमा होइन्। यो खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।

बोली र व्यवहार फरक हुँदा छोरी समानकी अनुयायीलाई बलात्कार गरेको आरोपमा अहिले उनको दैनिकी सुनसरी प्रहरको हिरासतमा बितिरहेको छ।

दुई नागरिकता लिएको, सरकारी जग्गा कब्जा गरेको, ठगी गरेको लगायतका दर्जनौँ आरोप लाग्दै आए पनि सत्ता र शक्तिको आडमा जोगिँदै आएका गिरीमाथि भारतीय बाबाहरु आशाराम बाबु, रामरहिम लगायतलाई झैँ उनकी एक अनुयायीले बलात्कार गरेको आरोप लगाएकी छन्।

गिरीमाथि डेढ वर्षअघि इटहरीको बालग्रामका दुई बालिकालाई आश्रममा पठनपाठनको व्यवस्था मिलाई दिने भनी अभिभावकको स्वीकृतिमा लगेर यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो।

आश्रम गएको केही समयमै बालिकाले आश्रममा बस्न नमानेपछि उनको कुकृत्य खुलासा भएको थियो।त्यस्तै गुम्बामा उपचारका लागि आएकी युवतीलाई बलात्कार गरेको अभियोगमा दक्षिणकालीस्थित गुम्बाका धर्मगुरु टुल्कु लामाले गत वर्ष कैद सजाय पाए।

आफूलाई अवतारी लामा भएको दाबी गर्ने उनीमाथि दक्षिणकालीको आफ्नै गुम्बामा एक महिलामाथि वर्षौं बलात्कार गरेको अभियोग लागेको थियो।नेपालमा पनि धर्मको आडमा काण्ड मच्चाउने सन्तहरुको संख्या कम छैन।कृष्णदास अगाडि गत वर्ष बालसन्त स्वामी श्रीनिवासाचार्य पक्राउ परेका थिए।यिनको पक्राउको कारण धार्मिक आडमा वितण्डा मच्चाउन आफैँलाई गोली हान्न लगाउनु थियो।

०७५ चैत २५ मा विराटनगरको जेतुवामा रहेको रामजानकी मन्दिरमा उनीमाथि भएको गोली प्रहारको घटनाको अनुसन्धानको क्रममा उनी आफैँले भाडाका अपराधिलाई आफूमाथि गोली हान्न लगाएको खुलेपछि प्रहरीले पक्राउ गरेको थियो

उनले धर्मको आडमा राजतन्त्र र हिन्दु राज्यको पक्षमा चर्को वकालत गर्दै आएका थिए।त्यस्तै लिटिल बुद्धको रुपमा परिचत रामबहादुर बम्जनमाथि आफ्नै अनुयायीमाथि बलात्कार र हत्या गरेको आरोप लगेको छ। बलात्कार र हत्याको आरोपपछि उनी अद्र्धभूगित बसेका छन्। उनको अनुसन्धान अहिलेसम्म गोप्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved