सार्वजनिक शौचालय सञ्चालनमा

  • असार १३, २०८०
  • २०३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सार्वजनिक शौचालय इटहरीको मुख्य बजार क्षेत्रमा नभएका कारण बाहिरबाट आउने मानिसहरु तथा स्थानीयले समेत भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले सार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

मानिसहरुको भिडभाड हुने मुख्य बजार क्षेत्रको चोकमा समेत सार्वजनिक शौचालय नहुँदा बाहिरबाट आउने मानिस तथा इटहरीवासी समेत चिया खाजा खाने बहाना वनाएर होटलमा शौचालय जान वाध्य हुदै आएका थिए । त्यसैलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले मुख्य चोक क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरेको हो ।

उपमहानगरपालिकाले निर्माण गरेको स्मार्ट शौचालयको उदघाटन एक कार्यक्रमका विच नगरप्रमुख हेमकर्ण पौडेलले गरेका छन । शौचालय उदघाटनपछि नगरप्रमुख हेमकर्ण पौडेलले चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले आवश्यक रहेको पुर्व बस स्टेण्ड र मुख्य चोकमा सार्वजनिक शौचालय निर्माण गरिएको र यस वर्षको वजेटमा पनि दुईवटा स्थान खाली जमिन भएको र आवश्यक रहेको विराटनगर लाइन र पश्चिम लाईनमा निर्माण गर्ने व्यवस्था मिलाएको वताए । त्यसै गरी नगरप्रमुख पौडेलले उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको सार्वजनिक शौचालय निशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको वताउदै सफाईका लागि उपमहानगरपालिकाले नै सफाई कर्मचारी खटाउने समेत जानकारी गराए ।

उपमहानगरपालिकाले ३२लाख लागतमा स्मार्ट शौचालय निर्माण गरेको निर्माण समितिका अध्यक्ष इश्वरी प्रसाद पराजुलीले वताए । उनले महिलाहरुका लागि प्याड देखि लिएर प्याड डिस्पोज गर्ने व्यवस्था सहितको सुविधा सम्पन्न शौचालय निर्माणले वाहिरबाट आउने यात्रु साथै इटहरीवासीलाई समेत सहज हुने जानकारी गराए । शौचालय जानु पर्ने अवस्थामा इटहरीको मुख्य चोक क्षेत्रमा आइपुगेका मानिसहरुलाई अर्काको घरको वरिपरी वा चिया खाजा खाने बहानामा होटल पस्नु पर्ने वाध्यता रहेदै आएको थियो ।

लामो समय देखि यस क्षेत्रमा सार्वजनिक शौचालयको अभाव रहेको यही रहेको चौतारीमा बसेर आराम गरेर बस्ने स्थानीय शौचालय प्रयोग गर्न नगरपालिका वा आफनै घर पुग्नु पर्ने वाध्यता रहदै आएकोमा सार्वजनिक शौचालय प्रयोगमा आएपछि सहज भएको स्थानीयहरु समेत वताउछन ।

निर्माण सम्पन्न भई सञ्चालनमा आएको सार्वजनिक शौचालय निर्माण समितिले उपमहानगरपालिकालाई हस्तान्तरण समेत गरेको छ । कोशी प्रदेशको एक विकसित सहरका रुपमा रहेको इटहरीमा सार्वजनिक शौचालय नहुदा समस्या हुदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved