ईटहरीमा जेष्ठ नागरिक अनुभव आदान प्रदान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • असार १३, २०८०
  • २७९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : इटहरी उपमहानगरपालिकाको विभिन्न वडाहरुमा हालै गठन गरिएका जेष्ठ नागरिक वडा समितिका पदाधिकारीहरुसंग जेष्ठ नागरिक नगर समन्वय समिति इटहरीले अनुभव आदान प्रदान सहितको अभिमुखिकरण सम्पन्न गरेको छ ।

जेष्ठ नागरिक नगर समन्वय समिति इटहरीको आयोजनामा अनुभव आदान प्रदान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

जेष्ठ नागरिक सभाहल पचरुखीमा आयोजना गरिएको अभिमुखिकरण, नगर समन्वय समितिका अध्यक्ष पुण्यप्रसाद न्यौपानेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा भएको थियो । सो क्रममा जेष्ठ नागरिकहरुले आफनो जीवनका भोगाईका क्रममा विभिन्न पक्षहरु साथै सामाजिक विकास लगायतमा आफुहरुले संगालेका अनुभावहरु आदान प्रदान गरेका थिए । इटहरी उपमहानगरपालिका वडा स्तरमा जेष्ठ नागरिक वडा समिति वडा नम्बर १, २, ७, ८, ९, १०, ११, १३, १४, १५ र १८ मा गठन भई सकेका छन् । अन्य वडाहरुमा पनि क्रमशः गठन गरिने समेत सो अवसरमा जानकारी गराइयो ।

कार्यक्रममा जेष्ठ नागरिक समाज इटहरीका अध्यक्ष कर्ण बहादुर कार्की, उपाध्यक्ष गंगाप्रसाद दाहाल, जेष्ठ नागरिक समन्वय समिति इटहरीका उपाध्यक्ष तुलाराम दंगाल, कोषाध्यक्ष मुक्ती निरौला, सहसचिव हरिप्रसाद भट्टराई लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved