आयुर्वेदिक उपचार प्रति सर्वसाधारणको आकर्षण बढ्दो

  • असार १३, २०८०
  • २२० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : पछिल्लो समयमा आयुर्वेदिक उपचार प्रति सर्वसाधारणको आकर्षण बढ्न थालेको छ । यही क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको पकली आयुर्वेद औषधालयमा विगतको तुलनामा उल्लेखिय संख्यामा विरामीहरु उपचारका लागि आउन थालेका छन् ।

आयुर्वेद उपचार प्रति सर्वसाधारणको आकर्षण बढेसंगै पकली आयुर्वेद औषधालयमा उपचारका लागि आउने विरामीहरुको संख्या वढी रहेको औषधालयले जनाएको हो । पकली आयुर्वेद औषधालयमा विगतमा दैनिक दस जना भन्दा कम विरामीहरु आउने गरेकोमा अहिले दैनिक २५ देखी ३० जना भन्दा वढी विरामीहरु उपचारका लागि आउन थालेको औषधालयका प्रमुख कविराज निरीक्षक राजकिशोर यादवले वताए ।

उनले जेष्ठ नागरिक तथा सुत्केरी महिलाहरुका लागि विशेष कार्यक्रम समेत रहेको वताउदै नेपाल सरकारले उपलव्ध गराउने २३ किसिमका औषधीहरु निःशुल्क उपलव्ध गराउदै आएको समेत जानकारी गराए । औषधालयमा सबै प्रकारको उपचार हुने तथा औषधी समेत निःशुल्क उपलव्ध गराउने गरिएको छ ।

त्यसैले पनि विरामीहरुको आकर्षण वढ्न थालेको हो । थेरापी गराउने देखि लिएर यहाँ उपचार नहुने भए रिफर गर्ने गरेको समेत जनाइएको छ । विरामीको चाँप वढी रहेपनि आवश्यक अनुसार भौतिक पुर्वाधार नहुँदा थप सेवा विस्तार गर्न नसकिएको औषधालयका प्रमुख यादव र बरिष्ठ वैद्य दिपक भुजेल वताउछन ।

स्वास्थ्य जीवन शैली र योग शिक्षा कार्यक्रम समेत सञ्चालन गरिदै आएको वताउदै सेवा विस्तार गर्न भवन अभावका कारण पायल्स लगायतका समस्याहरुको परिक्षण गर्न नसकिरहेको बरिष्ठ वैद्य भुजेलले जानकारी गराए । आर्युवेद औषधालयका लागि स्थानीय सरकारले सहयोग गर्दै आएको भएपनि अझ धेरै भौतिक पुर्वाधार निर्माण गर्न नसकेका कारण सेवा विस्तारमा कठिनाइ हुदै आएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved