यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरुको गौरवमय महिना ईटहरीमा मनाईयो

  • जेठ २८, २०८०
  • ६८० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरुको गौरवमय महिना जुनलाई केन्द्रित गरी सुनसरीको इटहरीमा पनि र्‍याली तथा दिप प्रजवलन गरेर मनाइएको छ ।

आइतवार प्रदेश स्तरीय गौरव महिना २०२३ र्‍याली तथा दिप प्रज्वलन गरी मनाइएको हो । निलहिरा समाज इटहरीको आयोजना तथा राईट हियर राईट नाउ र इटहरी उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

इटहरी उपमहानगरपालिका कि उपप्रमुख संगीता चौधरीको प्रमुख आतिथ्यतामा निलहिरा समाजको कार्यालय देखि आर्मी क्याम्प हुँदै इटहरी चौक, बसपार्क सहीत पुनः पश्चिम लाईन सम्म र्‍याली परिक्रमा गरि इटहरीको टेम्पु स्टेण्ड परिसरमा कोणसभामा परिणत भएको थियो ।

सो अवसरमा बोल्दै इटहरी उपमहानगरपालिका कि उपप्रमुख संगीता कुमारी चौधरीले शुभकामना व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा निलहिरा समाज काठमाडौंकी कार्यक्रम अधिकृत रूविना तामाङ, आम्दा नेपालबका सुरेशकुमार चौधरी, प्रयास महिला समूहकी अध्यक्ष प्रितिमाया सुब्बा, महिला सहयोगी समूहकी अध्यक्ष बिमला मल्ल ठकुरी, लिड नेपालकी कार्यक्रम संयोजक नुमा लिम्बू, परिवर्तनशील समाज कार्यक्रम संयोजक मुस्कान श्रेष्ठ, सहयोगी समाज सप्तरीका प्रदिप लामिछाने साथै नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतको सहभागिता रहेको थियो ।

सोही अवसरमा साँझ इटहरी चौकमा मैनवत्ती प्रज्वलन कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved