७० जनाले गरे रक्तदान

  • बैशाख ३१, २०८०
  • २९७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । रोटरी क्लव अफ इटहरी र पुर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था इटहरीले संयुक्त रुपमा आयोजनामा गरेको रक्तदान कार्यक्रममा ७०जनाले रक्तदान गरेका छन ।

मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव नहोस भन्ने उद्धेश्यले रोटरी क्लव अफ इटहरी र पुर्वाञ्चल बचत तथा ऋण सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७०जनाले रक्तदान गरेका हुन ।

सशस्त्र प्रहरी वलको बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलको प्रमुख आतिथ्य तथा आयोज रोटरी क्लवका अध्यक्ष संयोग पराजुली र पुर्वाञ्चल सहकारीका अध्यक्ष दिनेश भट्टराईको संयुक्त अध्यक्षतामा रक्तदान कार्यक्रम भएको थियो ।सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको थियो ।

यसै विच सामाजिक विकासका क्षेत्रमा महत्वपुर्ण योगदान गर्दै आएको रोटरी क्लव अफ इटहरीले इटहरीको बुढी खोला नजिक रहेको मिलन चोकमा प्रहरी विट वनाएर हस्तान्तरण गरेको रोटरीका अध्यक्ष संयोग पराजुलले जानकारी दिए ।

त्यसै गरी श्री कृष्ण प्रणामी मन्दिर इटहरीलाई मन्दिर क्षेत्रको फोहोरमैला संकलनमा सहयोग पुर्याउने उद्धेश्यले रोटरी क्लव अफ इटहरीले १० थान डस्टविन उपलव्ध गराएको समेत अध्यक्ष पराजुलीले वताए । मन्दिरका लागि उपलव्ध गराईको डस्टविट मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेम घिमीरेलाई हस्तान्तरण गरिएको जनाइयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved