बैंकले गर्यो उद्योग लिलामीका लागि बोलपत्र आह्वान, मजदुरहरु चिन्तित

  • बैशाख २९, २०८०
  • ३५६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : बैक ठगीको आरोपमा नारायण भेजिटेवल इण्डष्ट्रिज प्रालिका सञ्चालक पक्राउ परेदेखि आफ्नो पारिश्रमिक पाउन नसकिरहेका मजदुरहरु नेपाल बैंकले उक्त उद्योग लिलामी गर्न लागेपछि थप चिन्तित वन्न पुगेका छन् ।

उद्योग सञ्चालक पक्राउ परेको लामो समय पछि नेपाल बैंक लिमिटेड कर्जा असुली विभागले उक्त उद्योग लिलामी गर्न बोलपत्र आह्वान गरेपछि सो उद्योगका मजदुरहरु थप चिन्तित बन्न पुगेका हुन् ।

सुरेशकुमार अग्रवाल र कृष्णकुमार अग्रवालले सञ्चालन गर्दै आएको नारायण भेजिटेवल इण्डष्ट्रिज प्रा. लि. र अन्नपुर्ण सोप सञ्चालकहरु पक्राउ परेपछि सञ्चालन हुन छोडेको र ती उद्योगहरुमा काम गर्ने मजदुरहरुले हाल सम्म पारिश्रमिक नपाएको कारखाना श्रमिक संघका केन्द्रिय सहअध्यक्ष गुलाब चन्द चौधरीले गुनासो गरे । उनले उद्योगको स्वामित्व बैकले ग्रहण गरेपछि मजदुरहरुको व्यवस्थापन पनि गर्नु पर्नेमा नगरेको भन्दै आफुहरु लिलाम गर्न नदिने बताउँछन् ।F71E83EE-E885-4A27-974D-5A7DCBA88B2E

लगानी गर्दा श्रमिकलाई पनि सुरक्षित बनाउने गरी राज्यले नीति नियम बनाउनु पर्नेमा जोड दिँदै नेपाल ट्रेड युनियन काँग्रेसका राष्ट्रिय उपमहासचिव ज्योति कोइराला जसले लिएपनि मजदुरहरुको समस्या समाधान नगरे उपभोग गर्न नदिने बताउँछन् ।

बैकले लिलाम गर्ने तयारी गरेपछि मजदुरहरुले पत्रकार सम्मेलन गरी आफुहरुका पारिश्रमिक उपलब्ध नगराएसम्म कसैलाई पनि उपयोग गर्न नदिने तथा आफ्ना माग सुनुवाई नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । यता नेपाल बैंक लिमिटेडको कर्जा असुली विभागले यही वैशाख १० गते लिलामीका लागि २१ दिने गोप्य शिलवन्दी बोलपत्र माग गरिसकेको छ । 

CF773EF3-866C-4FD6-A27F-1C6EC68020BC

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved