नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको दोस्रो प्रदेश अधिवेशन यहि बैशाख ३० गते हुने

  • बैशाख २६, २०८०
  • ३१५ पटक पढिएको
  • न्यू पाटी
alt

नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको दोस्रो प्रदेश अधिवेशन यहि बैशाख ३० गते हुने भएको छ । एनटियुसी को आज मंगलबार बसेको कोशी प्रदेश समितिको बैठकले यहि बैशाख ३० गते सुनसरीको इटहरीमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउनका लागि बिभिन्न उप समितिहरु गठन गरिएको छ ।

बैठकबाट भोजराज कोईरालको संयोजकत्वमा आवास उपसमिति, गोपाल बिष्टको संयोजकत्वमा भोजन व्यवस्थापन सिमति, पंक्षी वाईवाको संयोजकत्वमा अतिथि सत्कार, प्रेस संयोजकमा रञ्जना पौडेल र मनोज निरौलाको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको हो ।

कोशी प्रदेश अध्यक्ष नारायण बाबु कार्कीको अध्यक्षतामा भएको सो बैठकको प्रमुख आतिथ्यता नेपाल ट्रेड युनियन काँग्रेस केन्द्रिय समितिका उपमहासचिव ज्योती कोईरालाको रहेको थियो भने बैठकमा नेपाल यातायात मजदुर संघका केन्द्रिय उपाध्यक्ष कमल राई, निर्माण सम्बन्ध श्रमिक संघ केन्द्रिय सदस्य गोपाल बिष्ट, नेपाल यातायात मजदुर संघ पुर्व जिल्ला अध्यक्ष राजेश श्रेष्ठ, नेपाल सार्वजनिक सुनसरीका अध्यक्ष गोपाल दंगाल, दुहवी नगर अध्यक्ष शिव नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved