टाउकोमा रगत जमेर अशक्त बनेकी १६ वर्षीया छोरीको उपचारका लागि आमाको याचना

  • बैशाख २६, २०८०
  • ३८८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : टाउकोमा रगत जमेर अशक्त बनेकी १६ वर्षीया सुमित्रा भट्टको उपचारका लागि आवश्यक रकम नभएका कारण डाक्टरले भने अनुसार छोरीको उपचार गर्न नसकिएको भन्दै सुमित्राकी आमाले सहयोगको लागि याचना गरेकी छन । सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४मा डेरा गर्दै सामान्य चिया पसल गरेर परिवारको पालन पोषण र छोरीहरुलाई पढाउदै आएकी अम्बिका भट्टले भक्कानीदै छोरीको उपचारका लागि सहयोग जुटाइदिन आग्रह गरेकी हुन । संखुवासभाको पाँचखपनकी अम्बिकाका पति आथिक अवस्था कम्जोर भएकै कारण कमाई गर्न विदेश गएको समयमा उतै निधन भएको र छोरीहरुलाई आफुले दुःख गरेर पालनपोषण र पढाउदै आएको समयमा अचानक छोरी विरामी परेपछि कसरी उपचार गर्ने भन्ने थप चिन्ता वढेको छ ।

सुन्दरहरैचामा नै रहेको साजिलाल माविमा ओभरसिरको पहिलो सेमेष्टरमा अध्ययन गरिरहेकी सुमित्रालाई अचानक पेसरले नसा फुटेर टाउकोमा रगत जम्मेपछि यताका धेरै अस्पतालहरुमा लगेपनि उपचार सम्भव नभएको र चिकित्सकले भारत लैजानु भनेका कारण खर्च अभावमा घरमै राखेर हेरचाह मात्र गर्दै आएको अम्बिका सुनाउछिन । कमाइ गर्न गएका पतिको उतै विदेशमा निधन भएको र जेष्ठी छोरीको पनि निधनका कारण दुखि वन्दै आएकी अम्बिकालाई अचानक कान्छी छोरी पनि विरामी भएपछि कसरी उपचार खर्च जुटाउने भन्ने चिन्ताले समेत सताउने गरेको छ ।

अम्बिका भाडा बस्ने घरका घरधनी चुडामणी रेग्मी पनि अम्बिकाको आर्थिक अवस्था कम्जोर रहेका कारण आफुहरुले समेत सहयोग गर्दै आएको र अरु सहयोग मनहरुलाई समेत सुमित्राको उपचारका लागि सहयोग गरिदिन आग्रह गर्दछन । सुमित्रा लडेर अचेत भएपछि इटहरी , विराटनगरका केही स्वास्थ्य संस्थाहरुमा उपचारका लागि लगेपनि चिकित्सकहरुले उनको टाउकोमा रगत जमिसकेकाले भारतको सुविधा सम्पन्न अस्पताल लैजान भनेका कारण आर्थिक अवस्था कम्जोर रहेको भट्ट परिवार सहयोगीहरुका आशमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved