प्राइम भिजन कलेजको दीक्षान्त समारोह तथा बिधाई कार्यक्रम सम्पन्न

  • बैशाख २२, २०८०
  • ८४६ पटक पढिएको
  • न्यू पाटी
alt

धरान : विगत पाँच वर्ष देखि धरानमा म्यानेजमेन्ट र हस्पिटालिटी म्यानेजमेन्ट अध्यापन गराइरहेको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले दीक्षान्त समारोह तथा बिधाई कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट अध्ययन सम्पन्न गरेका छात्र तथा छात्राहरुलाई दिक्षित गरिएको थियो । त्यस्तै कक्षा १२ मा अध्यनरत र एड्भान्स डिप्लोमा कोर्स सकेका बिद्यार्थीका लागि बिधाई कार्यक्रमको पनि आयोजना गरिएको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरूको पनि उल्लासमय उपस्थिति रहेको थियो ।

दीक्षान्त समारोहमा धरान उपमहानगरपालिकाका उप–प्रमुख आइन्द्र बिक्रम बेघा र धरान उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गणेश प्रसाद खतिवडाले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए ।

sandesh pemu

साथै उक्त कार्यक्रममा एलसीसीआई ग्लोबल क्वालिफिकेसन र एसक्यूए द्वारा प्रदान गरिने स्टुडेन्ट एम्बेसेडर अवार्ड जित्न सफल सोहि कलेजका २ विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा पेमदिकी तामाङ र सन्देश पाल्पाली रहेका थिए । उनीहरु लाई जनही नगद रु १०,०००, प्रमाण पत्र र एसक्यूए एम्बेसेडर लेभल पिन प्रदान गरिएको थियो ।

त्यस्तै अन्य बिद्यार्थीलाई पनि विभिन्न विधाबाट पुरस्कृत गरिएको थियो । एफ एण्ड बि सर्भिस प्रतियोगितामा दोस्रो भएका दिपा राई, सबिन लिम्बु, मौसम कार्की, निर्निमेष गुरुङ र पहिलो भएका आरजु राई, निर्जल भट्टराई, आइषा लिम्बु र सुजल तामांग लाई मेडल तथा प्रमाण पत्र प्रधान गरिएको थियो ।

बेस्ट ग्रुमिङ्ग(छात्र) तर्फ त्रिचन तामांग र छात्रा तर्फ दिपा राईलाई सम्मान गरिएको थियो भने बेस्ट डिसिप्लिन स्टुडेन्ट सुजल तामांग घोसित भएका थिए ।

त्यसै गरि कलेजले स्टुडेन्ट अफ द इयर बाट मेला राईलाई सम्मान गरेको थियो भने हस्पिटालिटि साईनिगं स्टार सम्राट कार्की भएका थिए । सोहि कार्यक्रममा एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट कोर्समा डिस्टिङ्गसन ल्याउने बिद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

aindra begha

कलेजका सी.इ.ओ तथा संस्थापक अभिषेक श्रेष्ठ र निर्देशक तथा संस्थापक अनिल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धरान उपमहानगरपालिकाका उप–प्रमुख आइन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यता रहेको थियो भने धरान उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गणेश प्रसाद खतिवडा बिशिष्ट अतिथिका रुपमा रहेका थिए ।

अन्य अतिथिहरुमा श्री पब्लिक उच्च मा बि, धरानका प्राचार्य इन्द्र मोहन झा, हिसान सुनसरीका सचिव हेमन्त भण्डारी, एम्स एकेडेमी, धरानका दुर्गा सुबेदी, हिबिस्कस इंगलिस स्कुल, धरानका विजय सिंह थेबे र पर्यटन व्यवसायी बासु देव बरालको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन सोहि कलेजका संयोजक संगीत सिग्देलले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved