इटहरीमा थपियो नया प्रविधि, अब घरको नक्सा अनलाइन पास हुने

  • बैशाख १४, २०८०
  • ३६५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : इटहरी उपमहानगरपालिकाले घरको नक्सा अनलाइन अर्थात् इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इविपीएस) कम्युटर सफ्टवेयरबाट पास हुने व्यवस्था आजबाट कार्यन्वयनमा ल्याएको छ । पेपरलेस नगरपालिकाको अवधारणा अनुसार अघि बढेको इटहरी उपमहानगरले घर–नक्साको काम विद्युतीय नक्सा पास प्रणालीबाट गर्ने व्यवस्था ल्याएको एक कार्यक्रमको आयोजना गरि जानकारी गराएको हो।

नागरिकहरुले लामो समय देखि गुनासो गर्दै आएको र कार्यपालिका वैठकले विद्युतिय भवन अनुमति प्रणाली लागु गर्ने निणर्य भए बमोजिम नागरिकलाई सर्वसुलभ छिटोछरितो विना झन्झट सेवा प्रदान गर्ने उद्धेश्यले सेवा सुरु गरिएको नगरप्रमुख  हेम कर्ण पौडेलले जानकारी दिए । उनले नागरिकका लागि झन्झटिला रहेका अन्य सेवालाई समेत सहज वनाउदै झन्झट रहित वनाउदै जाने समेत वताए ।

विद्युतिय भवन अनुमति प्रणाली लागु भएपछि निवेदन दिने काम देखि नै सबै कुराहरु कसरी काम भई रहेको छ भनेर सेवाग्राही आफैले थाहा पाउने र सेवाग्राहीले फाइल बोकेर हिडीरहनु नपर्ने हुँदा सहज हुने घर नक्सा शाखा प्रमुख कैलास तिम्सिनाले बताए ।विगतमा घर नक्सा पासका धेरै समय सम्म विभिन्न शाखाहरुमा फाइल बोकेर सेवाग्राही हिड्नु पर्ने अवस्था रहेको थियो भने अव त्यो झन्झट नहुने समेत वताइयो ।

कार्यक्रममा उपमहानगरपालिका उपप्रमुख संगिता कुमारी चौधरी , विभिन्न वडाका वडाध्यक्षहरु , कार्यपालिका सदस्य , कर्मचारी , संञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । इविपीएस प्रणाली देशका ७सय ५३ पालिका मध्ये इटहरी सहित १४वटा पालिकामा लागु भएको छ । इटहरी उपमहानगरपालिकाले घरनक्सा अभिलेख कार्यमा छुटेका पुराना घरधनीहरुलाई समेत अभिलेखिकरण लागि मौका समेत दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved