काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ९८ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७ सय ६८ वटा नमुना परिक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पिसिआर परिक्षणबाट ४२७ र एन्टीजेन विधिबाट १३४१ नमुना परिक्षण गर्दा पीसीआरबाट ७१ र एन्टिजेनबाट २७ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार २८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved