सुनसरी जिल्लामा सञ्चालनमा रहेका १४ सहकारी संस्थाहरुलाई सम्मान

  • चैत्र २०, २०७९
  • ६३४ पटक पढिएको
  • न्यू पाटी
alt

ईटहरी : ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सुनसरी जिल्लामा सञ्चालनमा रहेका १४वटा सहकारी संस्थाहरुलाई सम्मान गरियो । जिल्ला सहकारी संघ लिमिटेडले राष्ट्यि सहकारी दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि जिल्लाका प्रत्येक पालिकामा रहेका एक एक र जिल्ला भरीको उत्कृष्ट एक तथा महिलाहरुले मात्र सञ्चालन गरेको एक सहकारी गरी कुल १४ सहकारीलाई उत्कृष्ट सहकारीका रुपमा सम्मान गरेको हो । जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गंगा प्रसाद दाहालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको राष्ट्यि सहकारी दिवसका अवसरमा सहकारीहरुलाई सम्मान गरियो ।

20230403_150557

यसरी सम्मानीत हुने सहकारीहरुमा इटहरी उपमहानगरपालिकामा रहेको शुभलाभ साकोस, धरान उपमहानगरपालिकाको पानस साकोेस , इनरुवा नगरपालिकाको शिक्षकहित साकोस,रामधुनी नगरपालिकाको गौरी शंकर साकोस ,बराहक्षेत्र नगरपालिकाको पिपलवोट साकोस , कोशी गाउँपालिकाको हनुमान कृषि सहकारी संस्था लिमिटेड , भोक्राहानरसिंह गाउँपालिकाको भद्रकाली साकोस , हरिनगर गाउँपालिकाको उपयुक्त कृषि सहकारी संस्था ,देवांनगज सिनुवारी महिला कृषि सहकारी संस्था लिमिटेड , बर्जुगाउपालिकाको छिमेकी साकोस , गढीगाउपालिकाको सफल महिला कृषि सहकारी संस्था र सुनसरी जिल्ला भरीको उत्कृष्ट सहकारीका रुपमा राष्ट्रसेवक वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड र जिल्ला भरीका महिलाहरुले मात्र सञ्चालन गरेका सहकारीहरु मध्ये दुहवीमा रहेको असल महिला साकोसलाई सम्मान गरियो ।

20230403_141115

सम्मानित भएका सहकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल सम्मान गरेका थिए । कार्यक्रममा जिल्ला भरी सहकारीहरुका सञ्चालक , कर्मचारी लगायतको सहभागिता रहेको थियो । सुनसरी जिल्लामा वचत तथा ऋण सहकारी , दुग्ध सहकारी , कृषि सहकारी ,बहुउद्धेश्यीय सहकारी ,लघुउद्यम सहकारी र सुचना संचार सहकारी गरी कुल ५सय ३९ सहकारी रहेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved