बेलका नगरपालिकामा ५ दिने आधारभुत पत्रकारिता तालिम सञ्चालन

  • चैत्र १७, २०७९
  • ३२१ पटक पढिएको
  • न्यू पाटी
alt

उदयपुर : विकास, सुशासन र समृद्धिका लागि सञ्चार भन्ने मुल उद्धेश्यका साथ उदयपुरको बेलका नगरपालिकामा ५ दिने आधारभुत पत्रकारिता तालिम सञ्चालन गरिएको छ । बेलका मिडिया प्रा.लि. को आयोजना तथा बेलका नगरपालिका उदयपुरको सहयोगमा माध्यमिक तहको परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि तालिमको आयोजना गरिएको हो ।

नगरभित्रका सञ्चार क्षेत्रमा रुचि भएका विद्यार्थीहरुलाई सञ्चार क्षेत्रमा अभ्यस्त बनाउन साथै विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको जनाईएको छ । तालिममा बेलका नगरपालिकाका प्रत्येक वडाबाट १ जना छात्र र १ जना छात्रा गरि नगरपालिकाका ९ वटा वडाबाट १८ जना विद्यार्थीको सहभागिता रहेको छ । सञ्चार माध्यमको पहुच विस्तार गर्न साथै युवावर्गलाई सञ्चार क्षेत्रमा आकर्षित गर्ने गरि तालिम आयोजना गरीएको जनाईएको छ ।

IMG_4397

विगतमा पनि बेलका मिडिया प्रा.लि. ले आधारभुत र एडभान्स तालिमहरु सञ्चालन गरेको जनाएको छ । उक्त तालिमका केहि सहभागिहरु सञ्चारकर्ममा लागिसकेको आयोजक संस्थाका संयोजक सुमन सागर खतीवडाले सो अवसरमा जानकारी गराए र यस तालिमबाट अन्य यस्तै जनशक्ति उत्पादन हुने आयोजकको विश्वास रहेको छ । चैत्र १७ गतेदेखि सुरु भएको तालीम २१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved