वुढीगंगा नदी किनारामा हुने महाशिव गंगा आरतीमा राजा ज्ञानेन्द्र शाह सहभागि

  • चैत्र १३, २०७९
  • ३२७ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : सुनसरी र मोरङ जिल्लाको संगम स्थलमा रहेको पवित्र वुढीगंगा नदी किनारामा हुने महाशिव गंगा आरती कार्यक्रममा राजा ज्ञानेन्द्र शाह पत्नी कोमलका साथ सहभागि भएका छन । बुढी गंगाजमुना मुक्त घाटमा गत साउन महिना देखि हरेक सोमबारका दिन गरिदै आएको महाशिवगंगा आरती कार्यक्रममा सहभागी हुन राजा ज्ञानेन्द्र पत्नी सहित इटहरी आएका हुन ।

धार्मिक जागरणमा विशेष महत्व दिदै आएका पुर्व राजा ज्ञानेन्द्रले महाशिवगंगा आरती लिएका छन भने नजिकै रहेको कृष्ण प्रणामी मन्दिरमा विशेष पुजाअर्चना समेत गरेका छन । राजा ज्ञानेन्द्र महाशिवगंगा आरतीमा सहभागी हुन आउने भएसंगै वुढीगंगा नदी क्षेत्रमा दिउँसो देखि नै मानिसहरुको चहलपहल वढेको थियो ।

शिव सेना नेपाल सुनसरीको आयोजनामा बुढीगंगा जमुनामुक्ती घाटमा सन्ध्याकालिन हरेक सोमवार महाशिवगंगा आरती गरिदै आएको छ । अन्य समयमा समेत महाशिवगंगा आरतीमा उल्लेखिय संख्यामा भक्तजनहरुको सहभागिता रहदै आएकोमा आज राजा ज्ञानेन्द्रको समेत सहभागिता रहेका कारण अझ धेरै मानिसहरुको भिड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved