सुनसरीको जनसंख्या : ९ लाख २६ हजार ९ सय ६२

  • चैत्र १३, २०७९
  • ३६१ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : सुनसरीको जनसंख्या ९ लाख २६ हजार ९ सय ६२ पुगेको छ । २०६८ को जनगणना अनुसार कुल ७ लाख ६३ हजार ४ सय ८७ रहेको सुनसरीको जनसंख्या १ लाख ६३ हजार ४ सय ७५ ले वृद्धि भएको हो । सुनसरीको कुल जनसंख्यामा महिला ४ लाख ७७ हजार ९ सय ३९ र पुरुष ४ लाख ४९ हजार २३ रहेको तथ्याङकले देखाएको छ । सुनसरीको जनसंख्या वृद्धिदर प्रतिवर्ष १ दशमलव ८६ रहेको छ । सुनसरीको जनसङख्याले देशको कुल जनसंख्याको ३ दशमलव १८ प्रतिशत हिस्सा ओगटेको छ भने सुनसरी जिल्लामा परिवारको औषत आकार ४ दशमलव ३६ व्यक्ति प्रति परिवार रहेको छ ।

उक्त तथ्याङ्क अनुसार इटहरी उपमहानगरपालिकामा जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै १ लाख ९७ हजार २ सय ४१ जनसंख्या रहेको छ भने सबैभन्दा कम बर्जु गाउँपालीकामा ३६ हजार २ सय ४९ जनसंख्या रहेको छ । यस्तै इटहरी उपमहानगरपालिका पछि धरान उपमहानगरपालिकामा १ लाख ६६ हजार ५ सय ३१ रहेको छ ।

यस्तै बराहक्षेत्र नगरपालिकाको जनसंख्या ९१ हजार ८७,इनरुवा नगरपालिकाको ७४ हजार ९ सय १४,दुहवी नगरपालिकाको ६६ हजार ७४,रामधुनी नगरपालिका ६३ हजार ४ सय ५२,हरिनगर गाउँपालिकाको ४९ हजार ८ सय ४५,भोक्राहा नरसिंह गाउँपालिकाको ४९ हजार २ सय ८० रहेको छ । यस्तै,कोशी गाउँपालिकाको ४८ हजार ८ सय ४,देवाञ्गन्ज गाउँपालिकाको ३९ हजार ३०,गढी गाउँपालिकाको ३८ हजार ७ सय ३९ रहेको छ । ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved