इटहरी उपमहानगरले दियो कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव ब्यवस्थापन तालिम

  • फाल्गुन ३०, २०७९
  • ३०२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  इटहरी सरकारले सरकारी कर्मचारी र जनप्रतिनिधीहरुलाई उत्पन्नहुने तनाव व्यवस्थापन गर्ने तालिम राखेको छ । कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव व्यवस्थापन गर्न सिकाउने उद्देश्यले तालिम सञ्चालन गरेको हो । तनावपूर्ण वातावरणले कर्मचारीको निर्णय क्षमतामा असर नपरोस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । कर्मचारीलाई सदाचारी पेसागत जीवन बिताउनका लागि प्रेरित गर्न र कर्तव्यप्रति प्रतिबद्ध गराउन तालिम राखिएको मेयर पौडेलले भने ।

कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव ब्यवस्थापनको तालिम राखेका छौ यो सम्भवत नेपालकै पहिलो हुनु पर्छ मेयर पौडेल भन्छन् । कर्मचारीहरु र जनप्रतिनिधीहरुमा अत्यधिक थकान, काममा नियमित अनुपस्थिति, कामगर्नै मन नलाग्ने, कार्यक्षेत्रमा झगडा, उत्प्रेरणाको अभाव, आत्मबलमाकमी जस्ता समस्या देखे पछि तनाव व्यवस्थापनको तालिम राखिएको वताए ।
जनताको सीधा सम्पर्कमा रहने इटहरी उपमहानगरपालिकाका कर्मचारीलाई जनसम्पर्क प्रभावकारी बनाउने तरिका सिकाईएको थियो । कार्यालयमा उत्पन्न हुन सक्ने द्वन्द्व र त्यसको व्यवस्थापनका लागि तरिका पनि सिकाईयो । तालिममा उपमेयर संगिता चौधरी,प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहेता,वडाध्यक्ष सहित कर्मचारीहरुलाई तालिम दिईएको थियो ।

जीवन विज्ञान प्रतिष्ठान कोशीप्रदेश समितिको सहकार्यमा भएको तालिम कार्यक्रममा जीवन विकास विशेषज्ञ रमेश नेपाल तनावको व्यवस्थापन कसरीगर्ने भन्ने तरिका र ज्ञान तालिम सिकाईएको थियो । विशेषज्ञ नेपालले भने मानिसको स्वास्थ्य फगत शरिरसँग मात्रै जोडिएको हुँदैन । उनी भन्छन् मानिस पूर्णरुपमा स्वस्थ हुनको लागि शारीरिक साथै मानसिक र सामाजिक रुपमा समेत समस्या मुक्त हुनुपर्छ ।

शारीरिकसँगै मानसिक रुपमा स्वस्थ व्यक्तिले आफ्नो क्षमताको अधिकतम उपयोग गर्न सक्छ । चूनौतीहरुलाई सहजै सामनागर्न सक्छ । सृजनात्मक एवं उत्पादनमूलक काम गर्न प्रेरित बन्न सक्ने जीवन विकासका विशेषज्ञ नेपालको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved